राजपा अध्यक्ष मण्डलका शिर्ष ३ नेता दिल्लीको भ्रमणबाट फर्के लगतै प्रदेश २ मा नयाँ समिकरणको सरकार बन्ने

धनुषा, ०७६ फागुन १ गते ।
केही समयमै प्रदेश २ सरकार परिवर्तन हुने करिव करिव निश्चित भएकाले प्रदेश २ को मुख्यमन्त्रीका लागि नेताहरुको दौडधूप शुरु भएको छ । प्रदेश २ मा केही समयभित्रै नेकपा र राजपाको समिकरणमा सरकार बन्ने करिव करिव उच्च तहका नेताहरुविचमा सहमति भएको स्रोतले दावि गरेको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुई बुँदे सहमति गरका नेकपा र राजपाले प्रदेश २ सरकार समेत बनाउने र केन्द्रिय सरकारमा राजपालाई सहभागि गराउने विषयमा गहिरो छलफल भई सकेको छ ।
स्रोतका अनुसार प्रतिनिधिसभाको उपसभामुख पद राजपालाई दिएर संघीय सरकारमा सहभागि गराउने र प्रदेश २ मा नेकपासहितको सरकार गठन गर्ने नेकपाको आन्तरिक तयारी छ । राजपाले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन मुद्दाको सवालमा वर्तमान सरकारले सम्बोधन गर्नुपर्ने अडानमा रहेको छन् । राजपाले लिएको अडानबारे नेकपामा व्यापक छलफल भई रहेकाले सांसद चौधरीको रिहाई भएको खण्डमा राजपा संघीय सरकारमा सहभागि हुदै प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने निश्चित रहेको नेताहरुले जनाएका छन् ।
राजपा अध्यक्ष मण्डल सदस्यत्रय राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव अहिले नयाँ दिल्लीको भ्रमणमा रहेका छन् । उनीहरु स्वदेश फर्किपछि राजपा नेपाल प्रदेश २ को संसदीय दलको निर्वाचन गर्ने तयारी छ ।

धेरै पढिएको

ताजा समाचार