शिक्षा पत्रकारिता पुरस्कारबाट अनमोल पुरस्कृत


काठमाण्डौं, ०७६ फागुन ५ गते ।
शिक्षा पत्रकार समुहले २० औं साधारणसभाको अवसरमा शिक्षा पत्रकारीता पुरस्कार २०७६ बाट पत्रकार अमृता अनमोललाई पुरस्कृत गरेको छ । सार्वजनिक शिक्षाको रुपान्तरणमा पत्रकारिताको माध्यमबाट गरेको योगदानको कदर गर्दे शिक्षा पत्रकार समुहले अनमोललाई प्रमाणपत्र, दोसल्लासहित नगद रु.२५ हजारले प्रदान गरेको हो ।
अनमोल रुपन्देहीको कान्तिपुर सम्वाददाता हुन् । शिक्षा पत्रकार समुहको २० औं साधारणसभाको अवसरमा शिक्षा क्षेत्रमा पत्रकारिताको माध्यमले योगदान गर्ने एक पत्रकारलाई तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिदै आएको छ ।


शिक्षा पत्रकार समुहको अध्यक्ष रोशना सुब्बाको आतिथ्य तथा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा पत्रकार अनमोललाई प्रमाण पत्र, दोसल्ला र नगद सहित पुरस्कृत गरेको हो । साधारणसभाको अवसरमा डा. जानुका नेपाल पौडेल र धर्मसिंह थारूलाई समेत प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
समूहका तत्कालीन कार्यसमिति सदस्य तिर्थराज भुसालको तीन वर्षअघि नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो । भुसालको स्मृतिमा शिक्षा पत्रकार समुहले पुरस्कार दिने घोषणा गरेको छ ।

धेरै पढिएको

ताजा समाचार