
धनुषा, ०७६ फागुन ११ गते ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ दिने मिथिला माध्यमिकी परिक्रम नेपाल र भारतबासिका संयुक्त उत्सव भएको बताएका छन् । आफुले महान १५ दिने परिक्रमाको विधिवत शुभारम्भ गर्न पाउँदा आफु भाग्यशाली महसुुस गरेको बताएका छन् ।
हिन्दी भाषामा सम्बोधन गरेका अध्यक्ष प्रचण्डले दुई देशको श्रद्धालुभक्तजनहरु सहभागि हुदै आएको परापूर्वकालदेखिको माध्यमिकी परिक्रमाको शुभारम्भ विन्दु धनुषाको कचुरीमा धर्मशाला निमार्णदेखि जनकपुरदेखि धनुषाधामसम्म धार्मिक करिडोरको रुपमा विकास गर्न आफुले हरेक प्रकारको सहयोग गर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्रि रहेका वेलामा यस परिक्रमा मार्गको लागि केही बजेट छुट्याएको स्मरण गर्दै उनले भने यस परिक्रमालाई अन्र्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्न जरुरी रहेको बताए । हजारौ लाखौं श्रद्धालुभक्तजनहरुको सहभागि हुदै आएको परिक्रमाको डोलाको शुभारम्भ गर्न पाउँदा आफु निकै खुशी भएको समेत बताएका छन् ।
अध्यक्ष प्रचण्डले संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै प्रदेश २ सरकार परिवर्तन हुने संकेत गरेका छन् । उनले भने प्रदेश २ सरकारको बारेमा छलफल गर्न अहिले समाजवादी पार्टी र राजपा पार्टीका शिर्षस्थ नेताहरु भेटघाटमा रहेको बताए । दुवै पार्टीका शिर्ष नेताहरु सम्पर्कमा रहेपनि कुन पार्टीसंग सरकार बनाउनेबारेमा आधिकारिक रुपमा केही नबताएका अध्यक्ष प्रचण्डले प्रदेश २ सरकार परिर्वतन हुनेमा स्पष्ट संकेत गरेका छन् ।