महतोको नजर सामुदायिक भवन निमार्णतर्फ केन्द्रित


धनुषा, ०७६ फागुन ११ गते ।
धनुषाको क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य रहेको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले २ दिनमा ३ सामुदायिक भवनको शिलान्यास गरेका छन् । आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनाको केउट टोलमा २० लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरेका छन् । आफनो संसदिय कोषको रकमबाट खर्चिने गरि अध्यक्ष महतोले गाउँ गाउँमा पुगेर सामुदायिक भवन शिलान्यास गर्न व्यस्त देखिएका छन् । शनिवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित देवपुरा रुपैठाको दलित वस्तीमा २५ लाखको लागतमा सामुदायिक भवन निमार्णको लागि शिलान्यास गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नं.२० बसहियाको सहनी टोलमा २० लाखको लागतमा सामुदायिक भवन निमार्णको शिलान्यास गरेका छन् । गाउँ गाउँमा सार्वजानिक स्थान र पर्याप्त जग्गाहरुको कमि भएपछि अहिले सार्वजानिक काम, विवाह, व्रतवन्ध, भोजभतेरमा १०,२० जनालाई खान, बस्न र सुताउन समेत समस्या हुदै आएकाले गर्दा अध्यक्ष महतोले आफनो संसदिय बजेटबाट समाजका सवै व्यक्तिको सरोकार राख्ने सामुदायिक भवन निमार्णमा जोड दिएको उनका स्वकिय सचिव विन्द किशोर साह (किशोर गुरु) ले बताए ।

धेरै पढिएको

ताजा समाचार