वर्षाले १५ दिने परिक्रमावासीलाई सास्ती


धनुषा, फागुन १३ गते ।
जनकपुरसहित तराईमधेशको भुभागमा आज दिउँसोदेखि वर्षा हुदैछ । एक्कासी विहानैदेखि मौसममा प्रतिकुल असर देखिएको भएपनि दिउँसो अढाई बजेदेखि मौसममा भारी बदलावसंगै सामान्य हावाहुरीसंगै वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले नेपालमा ५ दिनसम्म मौसममा बदलाव हुने यसअघि नै संदेश दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम पूर्णरुपमले सफा हुन अझै २ दिन समय लाग्ने भएको छ । भोली पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


अचानक मौसममा भएको बदलीले गर्दा बढेको चिसो र वर्षाको पानीले गर्दा मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रममा प्रभावित भएका छन् । परिक्रमामा सहभागि श्रद्धालुभक्तजनहरु खुल्ला आकाशमुनि त्रिपाल टाँगेर बस्नु पर्ने बाध्यता भएकाले गर्दा वर्षाले गर्दा परिक्रमावासीलाई समस्या भएको छ । मंगलवार परिक्रमावासीहरु भारत विहार राज्यको मधुवनी जिल्लास्थित फुलहर भन्ने गिरिजास्थानमा बास बसेका छन् । भोली बुधवार परिक्रमावासीहरु मटियानीको लागि प्रस्थान गर्नेछ ।

धेरै पढिएको

ताजा समाचार