प्रदेश सरकार द्धन्द्धपिडितको पक्षमा रहेको प्रदेश प्रमुख परियारको भनाई


धनुषा, ०७६ फागुन १३ गते ।
प्रदेश २ का प्रमुख तिलक परियारले द्धन्द्ध पिडित, वेपत्ता परिवार र सहिद परिवारहरुको अवस्था निकै नाजुक भई समस्यै समस्याले ग्रसित रहेकाले दुःख व्यक्त गर्नुभएको छ । द्धन्द्ध पिडितहरुको वर्षौदेखि समस्याहरु झेल्दै आउनुभएकोले पिडितले न्याय पाउनुपर्ने आफनो धारणा रहेको बताउनुभएको छ । पिडितहरुको न्यायको साथै समस्या समाधानको पक्षमा प्रदेश सरकार अग्रसर रहेकाले न्यायको लागि आफुले समेत पहल गर्ने प्रतिर्वद्धता जाहेर गर्नुभएको छ ।


जनकपुरमा फागुन १३ गते नेपालको १० वर्षे सशस्त्र द्धन्द्ध क्रममा भएका गम्भिर मानवअधिकार उल्लघनका पिडित तथा प्रभावितहरुको पिडा, संघर्ष, अधिकार तथा आवश्यकतासम्बन्धि प्रतिनिधिमुलक घटना समेटिएर बनाइएको वृत्तचित्र सार्वजनिक एवम् प्रदर्शन शुभारम्भ कार्यक्रममा बोल्नु हुदै प्रदेश प्रमुख परियारले पिडितहरुको समस्यालाई संघिय सरकारको साथै सात वटै सरकारले तत्कालै न्याय दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । पिडितहरुको समस्या समाधानका लागि संघिय सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर काम गर्दै आएको बताउनु हुदै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले थुप्रै उजुरीहरुबारे अध्ययन गरेको बताउनुभएको छ ।


सातै प्रदेश सरकारले गम्भिरतापूर्वक लिएर द्धन्द्ध पिडित, वेपत्ता परिवार र सहिद परिवारप्रति गम्भिर हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारहरुले समेत अव आउने दिनमा यस्ता द्धन्द्धात्मक स्थिती नआओस् भन्नेतर्फ उन्मुख हुन जरुरी रहेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार