७ करोडको लागतमा जनकपुरमा मिथिला संस्कृति अध्ययन केन्द्रको निमार्ण हुदै


धनुुषा, ०७६ फागुन १८ गते ।
मिथिलाको सम्पूर्ण जातजातिको देवी देवताको मूर्तिसहितको ग्यालरी, ई ल्याव्रेरीलगायतको धरोहरबारे जानकारी पाउने उद्धेश्यका साथ जनकपुरमाा ७ करोडमा लागतमा ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माण गरिने भएको छ । मैथिल ब्राह्मण महासभाले जनकपुरको बेला कुटटीस्थित ५ कठठा जग्गामा ६ तल्ले भवन निर्माण गर्न लागेको यस अध्ययन केन्द्र निमार्णको लागि एक करोड आर्थिक संकलन गर्दै भवनको शिलान्यास समेत भई सकेको छ महासभाका अध्यक्ष भगवान् झाले बताएका छन् ।
यस अध्ययन केन्द्रमा मिथिलाञ्चलका सम्पूर्ण जातका देवी देवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने गरि नक्सा तयार गरिएको छ । २ वर्षमा सम्पन्न गरिने अध्ययन केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला संग्रहालय रहनेछ । त्यस्तै भवनको चौथो तलामा पुस्तकालय, सङ्गोष्ठी कक्ष र पाँचौँ एवं छैटौँ तला आवासीय हुने महासभाका अध्यक्ष भगवान झाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
अध्यक्ष झाका अनुसार सो केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब तथा विपन्न वर्गका छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको अध्यक्ष झाले बताए ।

धेरै पढिएको

ताजा समाचार