• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपालले आजैदेखि ५ देशमा हवाई मार्ग रोक्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २०, २०७६, ८:५९ AM
0
नेपालले आजैदेखि ५ देशमा हवाई मार्ग रोक्दै

काठमाण्डौ, ०७६ फागुन .२० गते

 सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो।

संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ। ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ।

सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए। सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको छ। ‘कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देश (चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानको अवस्था र परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्यांकन गरी,’ अन्तरिम आदेशमा उल्लेख छ, ‘आमजनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने।’

आदेशमा नेपालमा पनि संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजरअन्दाज गर्न नहुने उल्लेख छ। सम्भावित जोखिमलाई विचार गर्दै दैनिक उपभोग्य सामानको व्यवस्थापनमा समेत पूर्वतयारी गर्न आदेशमा उल्लेख छ।

कोरोना भाइरस फैलिन नदिन सरकारलाई सूचना प्रवाहको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ। कोरोना भाइरस संक्रमणको भयावह कुनै एक व्यक्ति वा भूगोलमा मात्र सीमित नरहेको भन्दै सर्वोच्चले सजग गराएको छ। ती मुलुकका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक्न आदेशमा उल्लेख छ। ००

समन्वय समिति सक्रिय

कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाएको छ। नेपालबाट विभिन्न मुलुकमा हुने उडान रोक्ने तयारी भइरहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च जोखिम क्षेत्रको सूचीमा राखेपछि केही अन्तर्राष्ट्रिय उडान रोक्ने विषयमा छलफल भइरहेको उच्च सरकारी अधिकारीले बताए। सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गरिसकेको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आइतबार गठित उच्चस्तरीय समन्वय समितिमा उडान रोक्ने विषयमा छलफल भएको हो। समितिमा सदस्य रहेका एक मन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने या बन्द गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।’ समितिलाई प्रधानमन्त्री केपी ओलीले भाइरस संक्रमण रोक्न सबै उपाय अवलम्बन गर्न निर्देशन दिएपछि उच्च सतर्कता अपनाइएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने–जानेको स्वास्थ्य जाँच गरिनेछ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद  श्रेष्ठले भने, ‘अहिले विमानस्थलमा भित्रने पर्यटकको मात्र स्वास्थ्य जाँच गरिन्छ।’ यस्तै कोरोना भाइरस फैलिएका मुलुकका पर्यटकलाई नेपाल आउने अनुमति नदिने तयारी छ।

सरकारले संक्रमण देखिएमा स्वास्थ्य संकटकाल घोषणा गरेर भए पनि उपचार गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सञ्चारकर्मीसँग भने, ‘एउटा संक्रमित मान्छे आएर साँच्चिकै अरू देशमा झैं फैलियो भने हाम्रो हालत के हुन्छ ?  अहिले भएको जनशक्ति र अस्पतालभित्रबाट अधिकतम गर्ने हो। स्वास्थ्य संकटकाल लागू गरेर भए पनि लाग्नुपर्ने हुन्छ।’

नेपालमा हुन लागेका अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम बन्द गर्न आह्वान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘तत्कालका लागि अन्तर्राष्ट्रिय स्तरको सेमिनार नगर्ने भन्ने छ’, मन्त्रालयका एक अधिकारीले भने। भारत र चीनसँगको नाकामा विशेष सतर्कता अपनाइएको छ।

कसरी पर्‍यो जोखिममा ?   

डब्लूएचओले नेपाललाई उच्च जोखिमको सूचीमा पारेपछि सरकारले सतर्कता अपनाउन थालेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक  श्रेष्ठका अनुसार नेपालको स्वास्थ्य प्रणालीका आधारमा डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेको हो। श्रेष्ठले भने, ‘उच्च जोखिममा पार्न पूर्वतयारी, सावधानी अपनाउन गरिएको कार्य, संक्रमण भएको अवस्थामा स्वास्थ्य जाँच र उपचार व्यवस्थालाई पनि आधार लिइन्छ।’

लामो बिदामा नबस्न अनुरोध

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेको छ। संघका महासचिव बद्री रिजालले संक्रमण भएमा प्रतिकूल अवस्था आउने भएकाले लामोे बिदामा नबस्न तथा आ–आफ्ना कार्य क्षेत्रमा तयारीका साथ रहन अनुरोध गरेका हुन्।

सगरमाथा संवाद’ स्थगित

सरकारले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइसरको प्रकोपका कारण सगरमाथा संवाद स्थगन गर्नुपरेको बताए।

संवाद कार्यक्रम आगामी चैत १२ र २२ मा राखिएको थियो। ‘स्वास्थ्यभन्दा ठूलो केही होइन,’ मन्त्री ज्ञवालीले भने, ‘त्यसैले केही समयका लागि संवाद स्थगन गर्ने भएका हौं।’

उच्च राजनीतिक व्यक्तित्वलाई पठाउन पौडेल फिर्ता : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेतृत्वमा पुगेका व्यक्तिलाई पठाउन चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाइएको दाबी गरेका छन्। मन्त्रिपरिषदले आइतबार राजदूत पौड्याललाई फिर्ता गर्ने निर्णय लिँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूत सिफारिस गरेको थियो। मन्त्री ज्ञवालीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनसहित संसद्बाट अनुमोदन हुने बताए।

नेपालबाट बाध्यात्मक काम नपरेसम्म विदेश नजान परराष्ट्रमन्त्रीले अनुरोध गरेका छन। उनले विदेशीबाट आउनेलाई पनि सरकारले निगरानी गर्ने बताए। साभार : अन्नापूर्णा पोस्ट

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In