
धनुषा, ०७६ मङ्सिर १९ गते ।
जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जातिय छुवाछुत न्युनिकरणका लाािग प्रदेश सरकारले कडा कानून बनाउने तयारीमा रहेको बताउनु भएको छ ।
कानूनमन्त्री यादवले मधेशी दलित बिकास महासंघ राजविराजले जनकपुरधाममा मङ्सिर १९ गते आयोजना गरेको दलितमैत्री कानून निर्माणका लागि जन वकालत कार्यक्रममा बोल्दै मन्त्रि यादवले समतामुलक समाज र प्रदेशका लागि दलितमैत्री कानून निर्माण गर्न प्रदेश सरकार स्पष्ट
दृष्टिकोणका साथ अगाडी बढाइने बताउनुभयो ।
मन्त्री यादवले समाजमा अहिले पनि जातिय, लैंगिक, सामाजिक एवं आर्थिक विभेद रहेको स्वीकार गर्दै प्रदेश सरकार आवश्यक्ता अनुसार कानून निर्माण गरेर भएको विभेदको अन्त्यका साथै कमी ल्याउने प्रयास गरिने बताउनुभयो ।
उहाँले दलितहरुको समस्याहरुको दीर्घकालीन समाधानका लागि कामकाज गर्ने बेला आएको बताउनु भयो । उहाले छुवा छुत तथा भेदभावको अन्त्य गर्नका लागि सवैको साथ तथा सहयोगको आवश्यक रहेको बताउनुभयो ।
मधेशी दलित बिकास महासंघका अध्यक्ष विशेश्वर रजकको अध्यक्षतामा भएको दुई दिने अन्तरक्रिया कार्यक्रममा दलित अगुवा भोला पासवान, प्रदेशसभा सदस्यहरु अनिता यादव, मञ्जु यादव, सरस्वती चौधरी लगायत प्रदेश सभाका सदस्यहरु उपस्थित रहेका थिए ।