प्रदेश २ मा चैत्र १ गते मतदान हुने


धनुषा,०७६ फागुन २० गते ।
प्रदेश २ को नाम र राजधानीको सवालमा टुंगो लगाउन चैत्र १ गते प्रदेशसभा मतदान हुने भएको छ । ३ महिना पछि सदनको बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थिगित गरेर फागुन ३० गते बोलाइएको ससद सचिवालयले जनाएको छ ।
३ महिनादेखि नाम र राजधानीको लागि आन्तरिक छलफलका गर्दै आएका सत्तासाझेदार दल फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने तयारीमा रहेको सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन् ।
स्रोतका अनुसार प्रदेश २ को राजधानीको सवालमा जनकपुरधाम नै राख्नेमा लगभग सवै दल सहमत भएका छन् भने प्रदेशको नामको सवालमा सत्तासाक्षेदारले मधेश र विपक्षी काग्रेसले मिथिला भोजपुरा र नेकपाले जानकी मधेश राख्ने अडानमा रहेकाले गर्दा सर्वसम्मत नहुने देखिएको छ ।
प्रदेश २ मा सत्ता पक्ष समाजवादीको ३० र राजपाको २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाको ३२, कांग्रेसको १९ र एकजना रिजवान अन्सारीका पार्टीका एक सांसद छन् ।

धेरै पढिएको

ताजा समाचार