• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ का शाखा अधिकृत कुशवाहा, जो २३ वर्षकै उमेर ५ पटक लोकसेवा पास भए

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २१, २०७६, १:३० PM
0
प्रदेश २ का शाखा अधिकृत कुशवाहा, जो २३ वर्षकै उमेर ५ पटक लोकसेवा पास भए

दीपेन्द्रप्रसाद सिंह
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ८ जना शाखा अधिकृतको दरवन्दी रहेको छ । ८ जना शाखा अधिकृतको दरवन्दीमा एक भर्खरका युवा श्यामसुन्दर महतो कुशवाहा रहेका छन् । भर्खरका युवा, दाह्री जुँगा भर्खर पलाउँदै गरेको प्रशासन सेवातर्फ शाखा अधिकृत महतो उमेरले मुख्यमन्त्री कार्यालयका अन्य शाखा अधिकृत र धेरै कर्मचारीभन्दा कान्छो रहेका छन् तर काम, कर्तव्य र दायित्वबोधको हिसाबले निकै मिहिनेती, इमान्दार र कुसल कार्यसम्पादन गर्ने भित्री क्षमतावान व्यक्तित्वका रुपमा आफनो अलगै पहिचान बनाएका छन् ।

धनुषाको उत्तरवर्ती क्षेत्र साविक लक्ष्मीनिवास गाविस वडा नं. ३ हाल बटेश्वर गाउँपालिका वडा नं. १ स्थायी घर भएका शाखा अधिकृत कुशवाहा महतो सामान्य घरपरिवारमा जन्मेको भएपनि सानैदेखि मेहनती देखिन्थे । कक्षा १० सम्म गाउँकै श्री लक्ष्मी माध्यमिक विद्यालयबाट एस एल सि परिक्षामा ७८ प्रतिशत मार्क पाएर उत्तीर्ण भएका श्यामसुन्दर महतो प्लस टु पढ्न जनकपुरधाम १० स्थित मिनिलियम क्याम्पसबाट शिक्षा संकायतर्फ २०७० सालमा ७३ प्रतिशत मार्क ल्याएर जनकपुर अञ्चल टप गरेका थिए । २०७३ सालमा राजर्षिजनक क्याम्पसबाट विएड गरेका उनले टि यु क्याम्पस, काठमाण्डौबाट एम.ए.को परिक्षामा ६५ प्रतिशत मार्क ल्याउदै प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।

वुवा कपिलदेव महतो र आमा लिला देवी महतोको २ भाई छोरामध्ये कान्छो छोरा महतोले जनप्रशासन शास्त्रमा मास्र्टस र एल एल वि दोश्रो वर्षमा अध्ययनरत रहेका छन् ।

महतोको आफनो स्वअध्ययन, अध्ययनप्रतिको लगाव र अडिग विश्वासले १९ वर्षकै कलिलो उमेर २०७० सालमा लोकसेवा आयोगले लिएको खरिदार तहमा नाम निकालेर जिल्ला हुलाक कार्यालय, धनुषाबाट आफनो सरकारी सेवाको सुरुवात गरेका छन् । २०७४ सालमा लोक सेवा आयोगको परिक्षामा नायव सुब्बा र शाखा अधिकृतको लिखित परिक्षामा नाम निकाल्न सफल उनले अन्तिम नतिजा प्रकाशन हुँदा सुब्बाको ५ नम्बर वैकल्पिक र शाखा अधिकृतको १० नम्बर वैकल्पिकमा परेका थिए ।

कहिलै पनि लोक सेवा आयोगको तयारी कक्षा नगरेका महतोले घरमै आफनो स्वअध्ययनको भरमा २०७५ सालको लोकसेवा आयोगबाट नायव सुब्बामा खुल्ला प्रतिस्पर्धामा नाम निकालेर सामान्य प्रशासन मन्त्रालय सिंहदरवारमा २८ दिन काम गर्ने मौका पाएका उनले २३ वर्षकै उमेर २०७५ सालको शाखा अधिकृतको परिक्षामा लिखित र मौखिकमा पास भएर २०७५ साल कार्तिक ४ नियुक्ती पाएका उनले प्रदेश २ को मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन शाखा अधिकृतको रुपमा २०७५ चैत्र १८ गतेदेखि कामकाज सम्भाल्दै आएका छन् ।

करिव ६ महिनादेखि मुख्यमन्त्रि तथा मन्त्रिपरिषको कार्यालयमा प्रशासन शाखाको शाखा अधिकृत रहेका महतोको कामप्रतिको दायित्वबोध, इमान्दारिता, लगाव र महनती देखेर प्रदेश २ सरकारका प्रमुख सचिवस्तरिय निर्णयबाट उनलाई चिनमा एक महिने सेमिनारमा सरकारका प्रतिनिधी भएर समेत सहभागिता जनाएका छन् ।

२३ वर्षकै कलिलो उमेर ४ चोटी खुल्ला प्रतिस्पर्धाबाट लोक सेवा पास गरेका श्यामसुन्दर महतो अहिले प्रदेश २ कै मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा कुशलतापूर्वक कार्यसम्पादन गरि रहँदा अन्य सहकर्मी तथा माथिल्ला कर्मचारीदेखि नेता कार्यकताहरुको समेत लोकप्रिय कर्मचारीको रुपमा उनी पर्ने गरेको छ । महताले आफु भविष्यमा सफल कुशल प्रशासकको रुपमा आफुलाई देशकै सेवामा लागि रहने बताएका छन् ।

पटक पटक लोकसेवामा लगातार सफलता हासिल गर्दै शाखा अधिकृत भएका महतो भन्छन् लोकसेवा आयोगको तयारी कक्षा आफुले कहिल्यै गरिन्, घरमै स्वअध्ययन गरे, पढाईप्रतिको लगाव, आत्मविश्वास र लगनशिलताले गर्दा आफु सफल भएको बताउँदै उनले भने पढेर मात्रै हुदैनन्, पढाईसंगै लेखाई र विवेकको प्रयोग गर्नु पनि लोकसेवा परिक्षाको लागि महत्वपूर्ण रहेको बताए

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In