प्रदेश २ मा ४ सय ३६ जना महिला हिंसामा पीडित


धनुषा,०७६ फागुन २५ गते
१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । फागुन २५ गते ८ मार्च अर्थात ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इन्सेक प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर होस भन्ने शुभकामना व्यक्त गरेका छन् । इन्सेक प्रदेश संयोजक राजु पासवानले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश २ मा महिलाहरुमाथि हुदै आएको हिंसामा कमी आएको भएपनि सन्तोषकजनक अवस्था नरहेको बताएका छन् ।
इन्सेकले अभिलेखिकरण गरेको घटनाहरुमध्ये प्रदेश २ मा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ७ सय ३० जना पीडित भएको उल्लेख गरेका छन् । प्रदेश २ मा घटेका घटनामध्ये ४ सय ३६ जना महिला हिंसामा पीडित भएको बताएका छन् ।
अभिलेखित घटना अनुसार बेचविखन तथा ओसारपसार घटनामा १२, कथित बोक्सीको आरोपमा १४, बलात्कार घटनामा २०४, बलात्कार प्रयास घटनामा २३, बहुविवाह घटनामा ६९, घरेलु हिंसाका घटनामा ४६, यौनदुव्र्यवहार घटनामा ६०, बालविवाह घटनामा ८ जना पीडित भएको घटना इन्सेकमा अभिलेख भयो । सन् २०१८ मा ४४७ जना पीडित भएका थिए ।
महिलाहरुमा ब्याप्त लैंगिक हिंसा, भेदभाव, बालविवाह, दाइजो जस्ता कुरिती जन्य घटनाहरु भएकाले आउने दिनमा यस्ता घटनामा न्युनिकरणका लागि ग्रामीण तहसम्म सचेतनाका कार्यक्रम गर्नुपर्ने इन्सेकले जनाएको छ ।
हिंसामा परेका महिलाहरुले सहजै न्याय पाउने वाताबरण अझै बन्न नसकेको भन्दै मानवअधिकारर्मीको अभियान, राजनीतिक परिवर्तन र महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतनाले महिला हिंसाका घटना बाहिर ल्याउन मद्दत पुगेको इन्सेकले जनाएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार