होली महोत्सवमा मिथिला नगरपालिकाको टिम विजय , महामुर्ख सम्मेलन आज

मनोज मोरबैता
जनकपुरधाम
 । रंगअबिरको पर्व होलीको पुर्व सन्ध्यामा आइतबार भएको होली महोत्सव अन्तर्गत होली गीत गायन प्रतियोगितामा धनुषाको मिथिला नगरपालिकाका टोली विजयी भएको छ ।मिथिला नाट्य कला परिषद्ज नकपुरधामले जानकी मन्दिर प्राङ्गणमा आयोजनामा होली महोत्सवको पहिलो दिन होली गीत गायन प्रतियोगिता सम्पन्न भएको हो । दोश्रो दिन सोमबार महामुर्ख सम्मेलन हुने भएको छ ।

होली गीत गायन प्रतियोगितामा धनुषा जिल्लाका विभिन्न पालिकाहरुबाट हौरैया समुहको सहभागिता रहेको थियो ।मिथिला नाट्य कला परिषदका अध्यक्ष प्रमेश झाको अध्यक्षतामा होली महोत्सवको प्रमुख अतिथि प्रदेश २ का भौतिक पुर्वधार विकासमन्त्री जितेन्द्र सोनलले डम्फु बजाएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।मिथिला नगरपालिकाको जमुनिबास टोली प्रथम भएको छ । गत वर्ष पनि जमुनिबास टोली प्रथम स्थान हासिल गरेका थिए ।त्यसैगरी बेलाको टिम दोस्रो र विश्मभरपुरको टिम तेस्रो स्थान प्राप्त गरेको हो ।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत)मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

होरी महोत्सवमा धनुषाको गिद्दाबेलापट्टी, जमुनीवास,लोहना, वेला, विसम्भरपुर सहभागिता रहेको थियो । विजेता टिमलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको प्रकोपका कारण अन्य जिल्लाबाट होरैया टोलीहरु सहभागी नभएको आयोजक मिनापका अध्यक्ष झाले बताए ।२६ वर्षदेखि महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको मिनापले गत ११ वर्षदेखि होली गीत गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

धेरै पढिएको

ताजा समाचार