
धनुषा, ०७६ फागुन २६ गते
करोडौ हिन्दुहरुको आस्था र विश्वासको ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मंदिरमा महन्थ रामतपेश्वर दास वैष्णवले एकलौटी राज गरि रहेका छन् । महन्थ दासले एक्लौटी रुपमा आफुराजी खुशी जानकी मंदिरको गर्भगृहको चाँदी फेरेका छन् । महोत्तरीका महदैयाका बस्ने सिताराम साहले जानकी मंदिरको गर्भगृहका लागि २९ किलो चाँदी दान दिएपछि महन्थ दासले एक्लौटी रुपमा आफूराजी खुशी चाँदी फेरेका छन् ।
ऐतिहासिक तथा धार्मिक प्राचिन धरोहरको कुनै पनि समान फेरवदल गर्नुपर्दा गुठी संस्थान र पुरातत्व विभागको साथै स्थानिय प्रशासनबाट लिखित अनुमति लिनुपर्ने कानुनी प्रावधान भएपनि महन्थ रामतपेश्वर दास वैष्णवले आफूराजी खुशी जानकी मंदिरको प्राचिन गर्भगृहको चाँदी फेरेको स्विकार गरेका छन् । महन्थ दासले ५० देखि ६० वर्ष पहिले आफनो दादा जी महन्थ हुँदा गर्भगृहमा लगाइएको चाँदी आफुले फेरेकाले यो पुरातत्व विभागमा नजाने समेत बताएका छन् ।
मंदिरका महन्थ दासले आफुले गर्भगृहका चाँदी फेर्दा गुठी संस्थान जनकपुर, स्थानिय प्रशासनलगायत पुरातत्व विभागको अनुमति लिएको र ती सरोकारवालाहरुको उपस्थितीमा निकालिएको चाँदी तौल गरिएको दावि गरेको छ । तर गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ रेग्मीले आफुलाई जानकी मंदिरको गर्भगृहको चाँदी फेरिएको बारेमा कुनै प्रकारको जानकारी नभएको बताएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले समेत आफु धनुषा जिल्लामा सिडियो भएर आएको १५ महिनाको समयावधिमा जानकी मंदिरको गर्भगृहको चाँदी फेर्ने बारेमा कुनै प्रकारको लिखित र मौखिक जानकारी समेत नभएको बताएका छन् ।
महन्थ दासले जानकी मंदिरलाई विश्व सम्पदाको सुचिमा पर्न नदिनका लागि षडयन्त्र गरि रहेको भ्रष्ट्राचार विरुद्धका अभियन्ता जनक रायले बताए । उनले भने करोडौ श्रद्धालुभक्तजनहरुको आस्थाको केन्द्र जानकी मंदिरमा कुनै पनि व्यक्तिले आफूराजी खुशी समान फेरबदल गर्नु राम्रो होइन् । सम्बन्धित सरोकारवाला निकायले यसबारे अध्ययन र अनुगमन गर्न जरुरी रहेको उनले बताए ।
सन् १९९१ मा भारतका टिकमगढकी महारानीले निमार्ण गर्न लगाएको जानकी मंदिर ४ हजार चार सय ६० वर्ग फिटमा फैलिएको छ । जानकी मंदिरलाई विश्व सम्पदाको सुचिमा राख्ने प्रयास भई रहँदा सम्बन्धित सरोकारवाला निकायलाई कुनै जानकारी समेत नदिई महन्थ दासले गर्भगृहको चाँदी फेरिनुमा ठुलै शंकाको विषय रहेको छ ।