
काठमाण्डौं, फागुन २८ गते ।
निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । बुधबार बिहान भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका–१ मा बाँस्कोटाको निर्माणाधीन घरमा प्रेसर कुकर बम विस्फोट भएको हो ।
बम विस्फोटले गर्दा बाँस्कोटाको घरको पर्खाल र सिसामा क्षति पुगेका छ । मन्त्रि बास्कोटाको घरको छिमेकीको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । बम विस्फोट कसले र किन गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।