
धनुषा, ०७६ फागुन २९ गते ।
धनुषाबाट नेत्रचन्द विप्लब समुहको अपहरणमा परेकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बुधवार दिउँसो तीनबजे गणेशमान चारनाथ नगरपालिकाबाट अपहरणमा परेकी सिन्धुलीको दुधौली बस्ने १४ वर्षीया गरिमा मोक्तानलाई प्रहरीले शकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खोलमा रहेको गाइगोठबाट बुधवार दिउँसो विप्लब समुहका लडाकुहरुले बालिकालाई अपहरण गरेका थिए । उद्धारको क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र बम सहित विप्लब समुहका १३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ११ वटा सकेट बम, ३ वटा पेस्तोल र एउटा प्रेसरकुकर बम र संगठनका कागजात बरामद भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।