
धनुषा, ०७६ चैत्र १ गते ।
विश्वभर कोरोना भाइरसले तवाही मचाई रहेको वेलामा नेपालको धनुषामा विषाक्त मदिराले दर्जनौ व्यक्तिको ज्यान लिई रहेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैयामा विहिवारसम्म १२ जनाको मृत्यु भई सकेको छ । यता, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित मुसहरी वस्तीका विषाक्त मदिरा सेवनले ३ जनाको मृत्यु भएको छ । धनुषामा विषाक्त मदिरा सेवनले मर्नेको संख्या १५ पुगेको छ ।
मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेको बस्ती रहेका छन् । होलीको अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको हो । मदिरा सेवन गरेकाहरु धमाधम सिकिस्त हुन थालेका छन् । पाँच भन्दा बढी बिरामी भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयामा अवैध घरेलु मदिरा सेवनबाट १५ दिन यता १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन् । यससंगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ ।