प्रदेश नं २ मा ११५ शय्याको आईसोलेसन निर्माण हुँदै


धनुषा, ०७६ चैत्र ३ गते ।
प्रदेश २ मा ११५ वेडको आईसोलेसनको व्यवस्था गर्न स्वास्थ्य निर्देशनालयले तिव्रताका साथ कामको थालनी गरेको छ । विश्वभर कोरोना भाइरसका संक्रमण फैलिदै भारतसम्म आई पुगेको वेलामा कोरोना भाइरसबाट हुने संक्रमित विरामीको रेखदेख गर्नका लागि प्रदेश २ सरकारले तयारी थालेको हो ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्स डा.प्रमोद यादवका अनुसार जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन वटा, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच वटा, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा तथा नेशनल मेडिकल कलेजमा पनि ५० वटा आईसोलेशन वार्डको निर्माणका लागि तिव्रताका साथ तयारी गरिएको छ ।
कोरोना संक्रमित विरामी नेपालमा प्रवेश नगरियोस् भन्ने हेतुले सिमानाकामा विशेष निगरानी बढाइएको छ । सिमानाका भएर नेपाल आउने गरेका यात्रुहरुलाइ चेकजाँच गरि मात्रै नेपाल प्रवेश गर्न दिइएको छ । सिमानाकाहरुमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार