
धनुषा, ०७६ चैत्र ४ गते ।
जनकपुरधाम । जनकपुर नागरिक उड्डयन कार्यालय जनकपुरबाट अवैध भारतीय ३ लाख रुपैयासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी श्री एयरलाईन्सबाट काठमाण्डौ जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने संजय कुमार गुप्ताको २० वर्षीय छोरा शिवम कुमारलाई पक्राउ गरेको छ ।
शिवमले बोकेको कालो झोला र शरिरमा राखि रहेको वेलामा चेक जाँच गर्दा कपडाको झोला भित्र दुई हजारको १५० थान भारतीय नोट प्रहरीले बरामद गरेका हुन् । अवैध तरिकाले विना स्रोतको ३ लाख भारतीय रुपैयाको कारोवार गरेको भन्दै प्रहरीले पक्राउ गर्दै शिवम कुमारलाई आबश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले जानकारी दिएका छन् ।