
धनुषा, ०७६ चैत्र ४ गते ।
लामो समयपछि प्रदेश २ का नाम दिन नसकेका प्रदेशसभामा मंगलवार दिनभर भएको निर्वाचन प्रक्रियाले समेत गति लिन सकेनन् । प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा मंगलवार विभिन्न चार वटा नाम प्रस्ताव भएकोमा सांसदहरुले गरेको गोप्य मतदानमा प्रस्तावित कुनै पनि नाममा बहुमत मत आउन नसकेपछि सवै प्रस्ताव अस्वीकृत भएका छन् ।
सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ प्रदेशको पक्षमा ६० मत मात्रै परेको छ । बहुमतको लागि आवश्यक मत ७२ भएपनि ६० मत पक्ष र ४६ मत विपक्षमा पर्नुको साथै १ मत बदर भएको प्रदेशसभाका सचिव समेत रहेका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।
प्रदेशसभामा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ मत, नेपाली काग्रेसले प्र्रस्ताव गरेको मिथिला भोजपुरामा २७ मत र असन्तुष्ट सांसदहरुले प्रस्ताव गरेका मध्य मधेश प्रदेशको पक्षमा ४२ मत खसेको थियो । प्रदेश २ मा १०७ जना सांसद रहेका छन् ।
प्रदेश २ मा सत्तासाक्षेर समाजवादी पार्टीको ३० जना, राजपा नेपालको २५ जना, नेकपाका ३२ जना र नेपाली काग्रेसको १९ जनागरि जम्मा १०७ सांसद रहेका छन् । सत्तासाक्षेदार दलको पक्षमा ५५ जना र विपक्षमा ५१ जना सांसद रहेकाले सत्तासाक्षेर दलले ल्याइएको पक्षमा बहुमत भएपनि दुई तिहाई मत नपरेकाले गर्दा प्रस्तावित ४ वटै नाम अस्वीकृत भएको छ ।