• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपालले चितवनमा ७२ घण्टा भित्रै कोरोना विशेष अस्पताल निमार्ण गर्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ४, २०७६, ९:२८ PM
0
नेपालले चितवनमा ७२ घण्टा भित्रै कोरोना विशेष अस्पताल निमार्ण गर्दै

चितवन, ०७६ चैत्र ४ गते । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज (मंगलबार) विहान भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । मेयर दाहालले भनिन्–‘ओपीडिसहितको कोरोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा संक्रमण कम गराउन सक्छ ।’

मेयर दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । ‘कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ, ७२ घण्टा भित्र अस्पताल तयार हुन्छ’–मेयर दाहालले नारायणी अनलाइनसंग भनिन् ।

अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघ कक्ष (आइसियु) र १० बेड (एचडियु)को रहने भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले स्थान छनौट भइसकेकाले भोलि (बुधबार)बाट नै उपकरणहरु जडान गरिने जानकारी दिए । उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा.अधिकारीले बताए । उनले महानगरसंगै सबै संघसंस्थाहरुको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताए । डा.अधिकारीले चितवनमा कोरोना शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने बताए । ‘यो रिफरल अस्पताल जस्तै बन्नेछ, चितवन देशकै मध्यभागमा भएकाले धेरै स्थानबाट बिरामी आउने सक्ने अवस्थालाई मध्यनजर गरी यसलाई तयार पारिने छ’–डा.अधिकारीले भने ।

चितवन प्रदर्शनी केन्द्र भरतपुर–१० स्थित जिल्ला समन्वय समिति समिति र नेपाल टेलिकमको छेउमा छ । चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र चारै तिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनौट गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।

स्पेशल टाक्र्स फोर्स तयार

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स तयार गरिएको छ ।

समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी चितवन मेडिकल कलेजका निर्देशक, कलेज अफ मेडिकल साईन्सेसका निर्देशक, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्की, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर, नर्सिङ संघका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी रहेका छन् ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In