एसइइका परीक्षार्थीसंग २ हजार घुस लिने प्रअ पक्राउ


धनुषा, ०७६ चैत्र ५ गते ।
धनुषाको मिथिला नपा–२ स्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रध्यानाध्यापक महेन्द्र महतोले विद्यार्थीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् । विद्यालयबाट एसईई दिन तयारीमा रहेका परीक्षार्थीसँग प्रवेश पत्र दिने बाहनामा विना रसिदको दुई हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेका हुन् । प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गरेको हो ।
बिहीबारदेखि देशभर एसईई परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सबै तयारी पूरा भइ सकेको बेला निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाइरहेका थिए ।
सोहीक्रममा एक विद्यार्थीले आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी गरी प्रअलाई मागे अनुसारको रकम दिएपछि टोलीले महतोलाई पक्राउ गरेको हो ।
समयमा परीक्षा फारम नभरेको हुँदा परीक्षामा भाग नै लिन नपाउने अवस्था रहेको भन्दै प्रअ महतोले पाँच सात हजार रुपैयाँको जोहो गरे मिलाउन सकिने बताएका थिए ।
प्रअलाई दुई हजार दिएपछि प्रवेशपत्र दिएपछि अख्तियारको टोलीले प्रअ महतोलाई पक्राउ गरेको आयोगको क्षेत्रीय कार्यालय, बर्दिबासले जनाएको छ ।
घुसमा लिएको रकमसहित पक्राउ परेका प्रअ महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार