उपकरण विना प्रदेश २ को २३ ठाउँमा कोरोना हेल्प डेष्क स्थापना


धनुषा, ०७६ चैत्र ५ गते ।
विश्वभर फैलिदै गरेको कोरोना भाइरस रोगलाई सर्न नदिनको लागि विशेष निगरानीको प्रदेश २ को २३ ठाउँमा हेल्प डेष्क स्थापना गरिएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विजय झाका अनुसार पौष १५ गते चीनको दुवेइ प्रान्तको वुहानमा देखा परेको भाइरसको संक्रमित विरामी विश्वरको १५९ देशमा फैलि सकेको छ ।
नेपालको ३ तर्फ भारत र एकतर्फ चीन समेत कोरोना भाइरसको दलदलमा फसेकाले गर्दा विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेको चेतावनी दिदै आएको छ । नेपाल उच्च जोखिममा रहेको भएपनि अहिलेसम्म नेपालमा टेकुस्थित सरुवा अस्पतालमा कोरोना भाइरस रोगको पहिचान र निदानको लागि राष्ट्रिय प्रयोगशाला मात्रै रहेका छन् ।
कोरोना भाइरस कोभिड–१९ को भाइरस मार्ने अहिलेसम्म कुनै प्रकारको औषधी र खोपको आविष्कार भई नसकेकाले गर्दा सुरक्षा सर्तकता अपनाउन स्वास्थ्य निर्देशक डा. हरिश्चन्द्र साहले आग्रह गरेका छन् ।
कोरोना भाइरसको फैलि रहेको वेलामा प्रदेश २ मा संचालित २३ ठाउँको हेल्प डेष्कमा ७ वटा थर्मल गण मात्रै रहेकाले उपकरण अभावले गर्दा जानकी मंदिर र बसपार्कमा राख्न लागेको हेल्प डेष्कमा ढिलाई भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिलेसम्म संसारभरका १५९ देशमा कोरोनाको संक्रमण फैलिएको छ । संक्रमण लागेर ७ हजार ९ सय ६५ जनाको मृत्यु भई सकेको छ । भाइरसको संक्रमणले १ लाख ९८ हजार १ सय ६६ जना विरामी भएका छन् ।
प्रदेश २ सरकारले नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा ५० बेड, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३वटा, नेशनल मेडिकल कलेज विरगंजमा २६ वटा, जानकी मेडिकल अस्पताल जनकपुरको रमदैयामा ६० वटा, सिटी अस्पतालमा २० गरि ८० वटा र प्रादेशिक अस्पताल जनकपुरमा १० वटा भेन्टिलेटरको वार्डको व्यवस्था रहेको जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार