• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शुक्रबारपछि कुन देशबाट हवाईजहाज नेपाल आउन पाउँछन्, कहाँका पाउँदैनन्?

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ६, २०७६, ७:४९ AM
0
शुक्रबारपछि कुन देशबाट हवाईजहाज नेपाल आउन पाउँछन्, कहाँका पाउँदैनन्?

काठमाण्डौं, ०७६ चैत्र ६ गते ।

सरकारले युरोपेली मुलुकहरू, खाडी मुलुकहरू, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट नेपाल आउन रोक लगाएको छ। मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। यो निर्णयसँगै उक्त देशमा रहेका नेपाली पनि नेपाल आउन पाउने छैनन्। यो रोक अप्रिल १२ (चैत ३० गते) सम्म लागू हुनेछ।
युरोपेली तथा खाडी देश, मलेसिया, इरान, दक्षिण कोरिया, टर्की र जापानबाट आउने यात्रुका साथै ती देशलाई ‘ट्रान्जिट’ बनाएर आउन पनि सरकारले रोक लगाएको छ।
यो सरकारी समितिको निर्णयलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित एयरलाइन्सलाई पत्राचार गरिसकेको महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘रोक लगाएका देशबाट आउने र ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई प्रवेश नदिने भनेर हामीले एयरलाइन्सलाई पत्राचार गरिसकेका छौं। त्यहीअनुसार एयरलाइन्सले आफ्नो योजना बनाउनेछन्,’ पोखरेलले भने।
सरकारको निर्णयअनुसार प्राधिकरणले उडानमा भने रोक लगाएको छैन। यद्यपी यात्रु आउन नपाउने भएपछि स्वभाविक रूपमा उडान बन्द हुने छन्।
‘हामीले उडानमा रोक लगाएका छैनौं। तर यात्रु आउनै नपाउने भएपछि यात्रुवाहक जहाज ल्याउने-नल्याउने एयरलाइन्सको स्वविवेकको कुरा हो। यो बीचमा कार्गो उडान गर्न चाहेमा एयरलाइन्सले पाउने छन्,’ पोखरेलले भने।
सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान रोकिने छन्। त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन्।

यसअघि कतारले नेपालबाट जाने यात्रुलाई प्रतिबन्ध लगाए पनि दोहा-काठमाडौं उडान भइरहेको थियो। त्यसको एउटै कारण, दोहा ट्रान्जिट भएर यात्रुहरू नेपाल आउने-जाने वा कतारबाट नेपाल आउने यात्रु थिए।
अब यसमा पनि असर परेको छ। सरकारले रोक लगाएका देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन पाउने छैनन्। सरकारले रोक नलगाएका देश, जस्तै अमेरिकाबाट आउनेहरू पनि यी देशलाई ट्रान्जिट बनाएर आउन पाउने छैनन्।
रोक नलागेका देशबाट आउनेले भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल प्रवेश पाउनेछन्। अर्थात् अमेरिकाबाट आउने मान्छे हङकङ वा बैंककबाट नेपाल आउन सक्छ।
तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने घुमिफिरी नयाँ दिल्ली वा सिंगापुर वा हङकङ वा बैंकक वा ग्वाङजाउबाट पनि आउन पाउने छैनन्। निषेधित देशबाट नेपाली वा विदेशी कोही पनि कुनै पनि ट्रान्जिटबाट नेपाल छिर्न पाउने छैनन्।
‘हामीले रोकेका मुलुकबाट कुनै पनि ट्रान्जिट प्रयोग गरेर नेपाल आउन पाइने छैन,’ समन्वय समितिका संयोजक उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सेतोपाटीसँग भने।
यो अवस्थापछि अब युरोप, खाडी, इरान, दक्षिण कोरिया, जापान, टर्की बाहेकका मुलुकमा रहेका नेपाली वा विदेशीले नेपाल आउन चाहे भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक वा ग्वाङजाउ ट्रान्जिट बनाउन सक्नेछन्।
प्रतिबन्ध नभएका देशमा रहेका नेपाली वा विदेशीले अहिले प्रतिबन्धित ट्रान्जिट हुँदै बुकिङ गरेका टिकटको मिति निःशुल्क सार्ने सुविधा सुनिश्चित गर्न उड्डयन प्राधिकरणले एयरलाइन्सलाई निर्देशन दिइसकेको छ।
सरकारको यो निर्णयअघि नै एयरलाइन्सले यस्तो स्किम दिइसकेका छन्।
यद्यपी शुक्रबार राति १२ बजेसम्म काठमाडौं अवतरण गरिसक्ने उडानको टिकट भए, यात्रुहरू अहिले प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउनसक्ने छन्।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

4 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

4 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

4 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In