महिलामाथि कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता


धनुषा, ०७६ चैत्र ६ गते ।
जनकपुरधाम उपमहानगरपालिका–२२ विसविट्टी बस्ने ४५ वर्षीय फूलगेन मुखिया, २१ वर्षीय चन्दन मुखिया र १९ वर्षीय चन्चल मुखियाले स्थानिय महिलाहरुमाथि निर्घात रुपमा कुटपिट गरि गम्भिर घाइते बनाएको पिडितले आरोप लगाएको छ । पिडितहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा चैत्र ६ गते आरोपितहरुविरुद्ध उजुरी दिएका छन् ।
चन्दन मुखिया र सरोज मुखियाविच आपसी गालीगलौच भई रहेको वेलामा झगडा छुटाउन पुगेका सरोजका २४ वर्षीया दिदि पुनम देवी मुखिया, २२ वर्षीया गर्भवती सुलेखा देवी मुखिया, ४६ वर्षीया आमा आशा देवी मुखियामाथि ज्यान मार्ने उदेश्यले कुटपिट गरि अंगभंग हुने गरि कुटपिट गरिएको छ । पुनमको टाउकोमा १४ वटा टाँका लगाइएको छ भने हातको बुढी औला समेत च्यातिएको छ । औंलामा ा४ वटा टाँका लगाइएको छ । सरोजको टाउको फुटेर ४ वटा टाँका लगाइएको छ भने मुखभरि घाउका चोट रहेको लागेको पिडित आशा देवीले बताइन् ।


कुटपिटबाट घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । गर्भवती सुलेखाको तल्लो पेटमा चोट लागेकोले गर्दा उनको अझै उपचार भई रहेको पिडित आशा देवीले बताइन् । पिडितको जाहेरी आएकाले आरोपितहरुको गिरफतार गरि आवश्यक कारवार्ही गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपितहरुको खोजी कार्य भई रहेको छ ।

धेरै पढिएको

ताजा समाचार