कर्णाली प्रदेशको कडा नियम, कर्णाली प्रवेश गर्न अनुमति लिनुपर्ने


सुर्खेत, ०७६ चैत्र ८ गते ।
कर्णाली प्रदेशले अन्य प्रदेशवासीहरुलाई आफनो प्रदेशमा प्रवेश गर्दा अनुमति पत्र लिनुपर्ने कडा नियम बनाएको छ । कर्णाली प्रदेश सरकारले नोवेल कोरोना भाइरस (कोभिड(१९) को सम्भावित संक्रमणबाट बच्न कर्णाली प्रवेश गर्ने अन्य प्रदेशवासीहरुलाई अनुमति पत्र लिनुपर्ने निर्णय बनाएका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
कणार्ली प्रदेश सरकारले गरेका निर्णयहरु
१. सबै नाकाहरु बन्द गर्ने ।
२. कर्णालीका मात्रै नागरिकलाई मात्र आवतजावत गर्न दिइने ।
३. प्रदेशबाहिरका मान्छे आउनैपर्ने भए अनुमति लिएर आउनुपर्ने ।
४. कार्यान्वयन समितिलाई प्रभावकारी बनाउने ।
५. हेल्थ डेस्क राख्ने, प्रयोगशाला पनि बनाउने ।
६. भारतबाट आउने नेपालीलाई पनि १० दिनभित्र आइसक्न आग्रह गरिने । १० दिनपछि नाका बन्द गरिने ।
७. भारतबाट फर्किनेलाई निश्चित समयसम्म न्यूनतम् १४ दिन क्वारेन्टनमा राख्ने ।
८. विदेशबाट फर्किएकालाई पनि निश्चित समय क्वारेन्टाइनमा राख्ने ।
९. आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा अनुगमन समिति बनाइने । समितिमा सुरुक्षा प्रमुख, सिडिओ र सरोकारवाला रहने ।
१०. चौबिसै घण्टा ड्युटी गर्ने । राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्ने । सुरुक्षा, एम्बुलेन्स, अति आवश्यकीय गाडी तथा अस्पतालका गाडीमात्र चल्न दिइने ।
११. जिल्ला, स्थानीय तह र वडास्तरसम्म समिति बनाएर काम अगाडि बढाउने । त्यसका लागि बजेटको व्यवस्थापन गर्ने ।
१२. २५ जनाभन्दाको बढी भेला नगर्ने ।
१३. कार्यालयहरुमा अनावश्यक भीडभाड नगर्ने । अत्यावश्यक कामबाहेक मन्त्रालय र कार्यालयहरुमा हुने भेटघाट र आवतजावतमा रोक लगाउने ।
१४. कालाबजारी हुन नदिने ।
१५. उद्योगमन्त्रीको संयोजकत्वमा आपूर्ति व्यवस्थापन टिम बनाउने ।
१६. आवश्यक टेन्टको व्यवस्था गर्ने ।
१७. विश्वविद्यालयमा ६ सय मान्छे राख्ने व्यवस्था मिलाउने ।
१८. ५० करोड रुपैयाँको विपद कोष खडा गरी कोषमार्फत खर्च गर्ने ।

धेरै पढिएको

ताजा समाचार