सातै प्रदेशमा उच्चस्तरीय प्रयोगशाला बनाइने

धनुषा, ०७६ चैत्र ९ गते ।

सरकारले सातै प्रदेशका प्रमुखलाई बोलाएर कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको पूर्वतयारीका बारेमा छलफल गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रक्षामन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग त्यसबारेमा छलफल गरेका थिए।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले आआफ्नो प्रदेशमा पूर्वतयारी अघि बढेको र संघीय, प्रदेश तथा स्थानीय सरकारबीच थप समन्वय गरेर अघि बढ्नुपर्ने बताएका थिए।

बैठकले सबै नाकाहरुबाट आवतजावतमा रोक लगाउने, अत्यन्तै जरुरी भएको अवस्थामा स्वास्थ्य चेकजाँचलाई कडा बनाउने, नागरिकमा सचेतना अभिवृद्धि गर्ने, बजारको निगरानीलाई प्रदशेस्तरबाटै कडा बनाउने, कोही संक्रमित भइहालेमा बिरामीको व्यवस्थापनको तयारीलाई तीब्र बनाउने, आपूर्ति सहज बनाउनका लागि बजार अनुगमनलाई तीव्र बनाउनेलगायतका निर्णय गरेको छ।

त्यस्तै बैठकमा सातै प्रदेशमा बिएसएल(वायो सेफ्टी लेभल) टु लेभलको प्रयोगशालाको निर्माण प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ। यो स्तर र यो भन्दा माथिल्लो स्तरको प्रयोगशाला अहिले काठमाडौंमा मात्रै छ। हरेक जटिल ल्याव परिक्षणका लागि नमुना संकलन गरेर काठमाडौंमै पठाउनुपर्ने बाध्यता छ।

त्यस्तै मास्क, पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट तथा स्यानिटाइजरलगायतका वस्तुहरु किन्नका लागि प्रक्रिया तत्काल अघि बढाउनेलगायतका निर्णय गरेको छ।साभार : हेल्थपोस्टनेपाल डटकम

धेरै पढिएको

ताजा समाचार