• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सिमेन्टमा परनिर्भरता हट्यो, मागभन्दा धेरै आन्तरिक उत्पादन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २१, २०७६, १०:०२ AM
0
सिमेन्टमा परनिर्भरता हट्यो, मागभन्दा धेरै आन्तरिक उत्पादन

Concrete and cement factory, Lubuskie, Poland

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सिमेन्टलाई प्रमुख निर्यातक प्रमुख वस्तु बनाउने घोषणा गरेको छ । मुलुकमा ठूलो स्केलका सिमेन्ट उद्योग स्थापना भएपछि हौसिएको सरकारले आन्तरिक माग पूर्ति गरी निर्यातसमेत गर्ने योजना बनाएको हो । तर, सरकारी योजनाअनुसार सिमेन्ट निर्यात नभए पनि आयात भने ठूलो अनुपातमा घट्दै गएको छ ।
ठूला आयोजना र अग्ला-अग्ला भवनमा निर्माणमा नेपाली सिमेन्टको प्रयोग बढ्दै गएपछि भारतलगायत तेस्रो मुलुकबाट सिमेन्ट क्लिंकर आयात घट्दै गएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ३० अर्ब २० करोडको सिमेन्ट क्लिंकर आयात भएकोमा गत वर्ष ११ अर्ब ६७ करोड रुपैयाँको मात्र आयात भएको छ, जुन ६१.३ प्रतिशत कम हो ।

आव २०७४/७५ को तुलनामा गत वर्ष सिमेन्ट आयात भने १६.६ प्रतिशतले बढेको थियो ।
आव २०७४/७५ को तुलनामा गत वर्ष सिमेन्ट आयात भने १६.६ प्रतिशतले बढेको थियो । अघिल्लो आवमा १ अर्ब १२ करोड ६० लाखको सिमेन्ट आयात भएकोमा गत वर्ष १ अर्ब ३१ करोडको आयात भएको छ । चालू आवको पहिलो चार महिनामा भने सिमेन्ट र सिमेन्ट क्लिंकर दुवैको आयात उल्लेख्य घटेको छ । केन्द्रको तथ्यांकअनुसार चार महिनामा ७८.३ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो चार महिनामा ६ अर्ब २१ करोड रुपैयाँको क्लिंकर आयात भएकोमा यो वर्ष जम्मा १ अर्ब ३४ करोड ९९ लाख रुपैयाँको मात्र क्लिंकर आयात भएको छ ।
त्यस्तै सिमेन्ट आयातमा पनि ३८ प्रतिशत गिरावट आएको छ । गत आवको पहिलो चौमासमा ३७ करोड ३४ लाख रुपैयाँमा सिमेन्ट भित्रिएकोमा समीक्षा अवधिमा २३ करोड १६ लाख रुपैयाँको मात्र सिमेन्ट भित्रिएको छ ।
नेपाल सिमेन्टमा आत्मनिर्भर : उद्योगी
देशभर पूर्वाधार, परियोजना तथा भवन निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढेपछि विदेशी सिमेन्टको आयातमा कमी आएको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार सिमेन्ट उत्पादनका लागि मुख्य कच्चा पदार्थ नेपाली चुनढुंगाको प्रयोग बढेकाले भारतलगायतका मुलुकबाट क्लिंकर आयात ह्वात्तै घटेको छ । ‘नेपालमा सिमेन्ट क्लिंकर आयात दुई वर्षयता नै कम हुँदै आएको छ,’ जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहाल भन्छन्, ‘सिमेन्ट उत्पादन गर्ने कम्पनी नेपालमा धेरै छन्, मागअनुसार उत्पादन पनि भइरहेको छ र नेपाली सिमेन्ट उद्योगले नेपालकै कच्चा पदार्थको प्रयोग बढाएका छन् ।’
नेपाली सिमेन्टले आन्तरिक माग धान्न नसक्दा विगतमा विदेशी सिमेन्टको आयात बढेको भए पनि अब ठप्पै हुने उनको विश्वास छ । ‘सुरुमा थोरै उद्योग थिए, तिनले आन्तरिक माग नधान्दा विदेशी सिमेन्टको भर पर्नुपथ्र्यो, अब त्यस्तो स्थिति छैन,’ उनले भने, ‘नेपालमा जुनसुकै निर्माण प्रयोजनका लागि नेपाली सिमेन्ट पर्याप्त छ तर कसैले कुनै अन्य प्रयोजनका लागि विदेशी नै प्रयोग गर्ने गरेका छन् ।’
व्यापारिक कारोबारका लागि ओपीसी, पीपीसी भारतीय सिमेन्टको आयात अघिल्लो वर्षदेखि नै शून्य रहेको व्यवसायीको दाबी छ । सिमेन्ट उद्योगीले अहिले कोइलामात्र बाहिरबाट ल्याइरहेको र त्यसबाहेकका सबै कच्चा पदार्थ नेपालमै उपलब्ध रहेको शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु बताउँछन् । ‘सिमेन्ट उत्पादनका लागि भारतलगायतका मुलुकबाट कोइलाबाहेकका कुनै कच्चा पदार्थ आयात हुँदैन,’ उनले भने, ‘नेपालमा प्रशस्त चुनखानी छन्, चुनखानी उत्खनन् सुरु भएयता सिमेन्टमा नेपाल आत्मनिर्भर बनेको छ ।’ नेपालमा अहिले वार्षिक १ करोड १५ लाख टन सिमेन्ट उत्पादन भइरहेको र ९० लाख टन मात्र खपत भइरहेको तथ्यांक उनले प्रस्तुत गरे ।
सुरुमा सरकारी स्वामित्वका एकाध उद्योगबाहेक भारतबाट आयातीत कच्चा पदार्थ क्लिंकर पेलेर निजी क्षेत्रबाट सञ्चालित नेपाली उद्योगले ‘भिएसके’ प्रणालीबाट सिमेन्ट उत्पादन गर्थे । ‘अहिले स्वदेशमै उपलब्ध चुनढुंगाबाट क्लिंकर उत्पादन गरी रोटोरी प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने गरिएको छ,’ शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारुले भने ।
नेपाल-भारत सीमानजिकैका भूभाग र चुरे क्षेत्रमा रहेका चुनढुंगा खानीलाई आधार बनाएर नेपालमा ठूल्ठूला सिमेन्ट उद्योग सञ्चालनमा आएपछि सिमेन्टमा नेपालको परनिर्भरता घटेको उनले बताए । तर, सरकार ठूला पूर्वाधार तथा विकास निर्माणका कार्यमा बजेट खर्चिन नसक्दा सिमेन्ट व्यवसायीले बढी लाभ लिन सकेका छैनन् । ‘राज्यले नीतिगत योजना बनाएर पुँजीगत खर्च गर्ने हो भने सबैलाई फाइदा हुन्थ्यो,’ उनले भने । लोडसेडिङ हटेका कारण उद्यागी व्यवसायीलाई ठूलो राहत मिलेको छ ।
नेपालका ठूला सिमेन्ट उद्योग लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन् । लुम्बिनी करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, ब्रिज सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट सञ्चालनमा छन् । नवलपरासीमा सिजी, सर्वोत्तम र बुटवल निर्माण सिमेन्ट उद्योग सञ्चालनमा छन् । उद्योग विभागका अनुसार नेपालमा दर्ता भएरै सञ्चालनमा आएका ७५ वटा सिमेन्ट उद्योग छन् ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In