कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना

धनुषा,०७६ चैत्र ११ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) सँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।

सबै सञ्चारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिनुभयो ।

मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकार सम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।

मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ ।

त्यस्तै फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा. कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एपसमेत बनाउने भएको छ । राससबाट

धेरै पढिएको

ताजा समाचार