
धनुषा,चैत १३ गते ।
चैत ११ गतेदेखि नेपालभर लकडाउनको साथै भारतमा समेत २१ दिने लामो लकडाउन घोषणा भएपछि बजारमा ग्याँसको माग बढेको छ ।
उपभोत्ताको घरमा ग्याँस भएर पनि स्टकको लागि ग्याँसको माग बढेपछि नेपाल आयल निगलले आधा सिलिण्डर ग्यास बजारमा पठाएर आपूर्तिलाई सहज बनाउने भएको छ । नेपाल आयल निगमले उद्योगहरुलाई समेत आधा सिलिण्डर ग्याँस मात्रै भर्न निर्देशन दिएको छ ।
हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास उद्योगले भर्दै आएको छ । अव बजारमा आउने ग्याँस सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो ।

आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । कोरोना सन्त्रासले बजारमा ग्यासको माग उच्च रहेपनि बजारमा आपूर्ति कम रहेकोले कालोबजारी मौलएको छ ।