कोरोना भाइरसबाट बच्ने उपकरण अभावमा ज्वरोका विरामीसमेत भर्ना लिदैन अस्पतालले

दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ चैत १४ गते ।
प्रदेश २ सरकारले स्वास्थ्य निर्देशनालयमार्फत जनकपुरको जानकी मेडिकल शिक्षण अस्पताल र विरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आइसुलेसनको व्यवस्था गरेको दावि गरे पनि उपकरण अभावमा आंशका गरिएका संक्रमितको भर्ना लिन मानेका छैनन् ।
जानकीमा २० वेड आइसुलेशनसहित ६० वेड क्वारेन्टाइन र नेशनलमा ५० वेडको आइसुलेशनसहित ८० वेड क्वारेन्टाइनको लागि व्यवस्सथा गरेको स्वास्थ्य निर्देशनालयका डा. विजय झाले दावि गर्दै आएका छन् ।


मेडिकल कलेज सञ्चालक बसरुद्दीन अन्सारी नै उक्त समितिमा रहेका कारण कोरानासँग सम्बन्धित बिरामीको बारेमा समन्वय गर्न समिति समेत गठन गरेको छ । तर अस्पतालमा संक्रमितको उपचारमा खटिने डाक्टर, नर्सहरुको लागि आवश्यक पर्ने पिपीई, टेष्ट किट, ग्लोव, मास्कलगायतको सामाग्रीको अभावले गर्दा भर्ना नलिएको जानकी मेडिकल कलेजका प्रशासन प्रमुख विनोद साहले बताए ।


अस्पताल प्रशासनका अनुसार चैत १२ गते टेकु अस्पताल काठमाण्डौबाट रेफर भएर कोरोना संक्रमितका पोजेटिव व्यक्ति समेत आएका थिए । तर यहाँ संक्रमित हुने व्यक्तिको उपचारको कुनै सुविधा नभएकाले गर्दा हामीले धरान पठाएको बताए । अस्पतालमा आन्तरिक तयारी गरिएको प्रशासन प्रमुख साहले दावि गर्दै भने हामीले अहिले अस्पतालमा आउने ओपिडी सेवाका विरामी समेत जाँच्दै आएका छौं तर वास्तविकता हेर्ने हो भने अहिले जानकी मेडिकल कलेजलगायत प्रादेशिक अस्पताल जनकपुरले ज्वरो आएका विरामीलाई समेत चेक जाँच गर्न हिच्किचाउँदै आएका छन् ।


कोरोना भाइरसको आंशका हुने वितिकै जनकपुरबाट काठमाण्डौंका लागि एम्बुलेन्समा राखेर पठाउने गरेको छ । यता, प्रदेश २ कै पर्सा जिल्लाको विरगंजस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका एकजना थाइराइडका बिरामीलाई ज्वरो आउँदा त्यहाँका डाक्टरले उनलाई अस्पतालबाटै भगाएको रहस्य खुलेको छ । अस्पतालबाट विरामी भगाएको एक भिडियो समेत सार्वजनिक भएपछि अस्पताल प्रशासनको चौतर्फी विरोध भई रहेको छ ।


नेशनल मेडिकल कलेजमा समेत प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तिहको उपचारको लागि व्यवस्था गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले दावि गर्दै आएको छ ।
विरगंजकै नारायणी अस्पतालका एकजना डाक्टरले भने, ‘टाइफाइड, पिसावमा संक्रमण लगायतका समस्याका कारण ज्वरो आएका बिरामीलाई समेत नेशनल मेडिकल कलेजले फर्काउने गरेको छ र सबै सरकारी अस्पतालमै आउने गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार