• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जलेश्वर कारागार कोरोना (कोभिड—१९) को उच्च जोखिममा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १६, २०७६, ९:०८ AM
0
जलेश्वर कारागार कोरोना (कोभिड—१९) को उच्च जोखिममा

Police personnel guard the Jaleshwor Prison after some inmates engaged in a violence clash here, in Mahottari district, on Sunday, November 27, 2016. Photo: Brij Kumar Yadav


जलेश्वर, ०७६ चैत १६ गते ।
महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् ।

एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर मुकसुदन महासेठले बताउनुभयो ।

उहाँका अनुसार आज बिहानसम्म जलेश्वर कारागारमा ३९२ पुरुष, ५२ महिला र दुई आश्रित बालबालिका गरी जम्मा ४४६ जना कैदी तथा बन्दी छन् ।

करीब १५५ वर्ष पहिले १३५ जना कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा आज क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी रहेकाले यहाँ कैदी तथा बन्दीलाई विभिन्न समस्या हुने गरेको जेलर महासेठले बताउनुभयो ।

भित्री कारागार प्रशासनको जिम्मेवारी सम्हाल्ने चौकीदार श्रीनारायण महतोका अनुसार क्षमता भन्दा बढी कैदी तथा बन्दीको चापले उनीहरूलाई सुत्न, बस्न र खाने बेलामा समस्या हुन्छ भने शौचालय, पानी र अन्य विण्भिन्न समस्यासमेत हुने गरेकाले धान्नै मुस्किल भएको छ ।

उहाँका अनुसार कैदी तथा बन्दी पुरा समय सुत्न नपाउँदा पालो कुर्नुपर्छ भने एक व्यक्तिका लागि १६ इन्च मात्र सुत्ने ठाउँ भएकाले श्वास प्रश्वासमा समस्या हुन्छ । ठाउँ अभावका कारण भित्रको बाटोघाटोमा समेत उनीहरू सुत्नुपर्ने, खाना खाने बेलामा हातमा थाल राखेर खानुपर्नेजस्ता समस्या छन् ।

त्यस्तै शौचालयका लागि आधा–आधा घण्टासम्म पालो कुर्नुपर्ने, नुहाउनका लागि पालो कुर्नुपर्ने र लुगा धुन, खाना पकाउनसमेत निकै कठिनाइको सामना गर्नुपरेको चौकीदार महतोको भनाइ थियो ।

कारागारमा क्षमताभन्दा निकै बढी कैदी तथा बन्दी भएकैले समय समयमा बिरामीका कारण अन्यमा संक्रमण हुने गरेको छ ।

डेढसय वर्ष भन्दा पनि पुरानो भौतिक संरचना रहेको यस कारागार अति जीर्ण भइसकेको तथा जलेश्वर नगरकै सबैभन्दा गहिरो स्थान बन्न पुगेकाले वर्षात्का बेला कारागारको पानी बाहिर ननिस्कने तथा बाहिरका पानीसमेत यसै कारागारमा प्रवेश गर्दा कैदीबन्दीलाई झन बढी संक्रमण हुने गरेको जेल प्रशासनले जनाएको छ ।

कारागारभित्र पुरुषतर्फ १६ वटा र महिलातर्फ चार वटा कोठा रहेको, पुरुषतर्फ नौ र महिलातर्फ दुई गरी ११ वटा शौचालय, छ वटा खानेपानी पाइप र दुई वटा धारा कैदी तथा बन्दीका लागि अप्रयाप्त छ ।

बढी चापका कारण पूर्वाधारको अभावका साथै स्वास्थ्य समस्यासमेत थपिने खतरा बढ्दै गएकाले कैदी तथा बन्दीहरूले उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।

यस सम्बन्धमा कारागार कार्यालयका जेलर महासेठले आफू कारागार तथा कैदीबन्दीको सम्पूर्ण समस्याका बारेमा कारागार व्यवस्थापन विभाग लगायतका निकायमा समय समयमा जानकारी गराउनुका साथै व्यवस्थापनका लागि माग गर्दै आएको बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

9 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In