• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कोरोना विरुद्ध प्रदेश २ सरकारको तैयारी युद्ध स्तरमा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र २१, २०७६, ७:२५ PM
0
बम बिस्फोटका मृतकलाई ३ लाख र घाइतेलाई डेढ लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम, चैत २१ ।

विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका लागि विभिन्न एंगलबाट तैयारीमा जुटि सकेको छ ।

चैत २० गते मात्रै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भइ परीक्षण शुरु गरि सकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० वटा भेन्टिलेटर सहितको आइसियु तैयार गर्न समेत निर्देशन दिएको छ । जसमा प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५÷५ वटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जनाउनु भएको छ ।

यसै गरि निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तैयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम दु्रत मार्ग बाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिने छ । प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारी विरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ ।

समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । उक्त समितिलाई थप विशेषज्ञहरु राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशन बमोजिम शुक्रवार बाट आफनो काम समेत शुरु गरि सकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माण देखी नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ ।

यसै गरि निर्देशक समितिको शुक्रवार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरिएको छ । भने मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले महामारी संग लडन आठ बटै जिल्लामा १÷१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले सम्मको लागी हाम्रो तैयारीमा कुनै कमी छैन तर भोलीको दिनमा हुन सक्ने सम्भावित खतरा लाई मध्य नजर गर्दै विशेष तैयारीमा जुटन समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौ । रकमको अभाव हुन दिदैनौ ।

बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको बताउनु भयो ।

उहाँले भन्नु भयो ,‘अहिले सम्म हाम्रो प्रदेशको अवस्था ठिक छ, अहिले्को अवस्थामा खासै समस्या हुँदैन तर कहि कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामी अहिले देखी नै तैयारी थालि सकेका छौ । विज्ञहरुको टोलीले दिइने सुझावको आधारमा प्रदेश सरकार सबै प्रकारको व्यवस्था गर्न प्रदेश सरकार पूर्ण तैयारीमा जुटेको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In