कोरोना अपडेटः ज्यान गुमाउनेको सँख्या ८२ हजार कट्यो, १४ लाख संक्रमित

काठमाडौं, ०७६ चैत २६ गते ।

 माहामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण ८२,०८५ जनाले ज्यान गुमाइसकेको छ । 

पछिल्लो तथ्यांक अनुसार १४,३१,९७३ जना कोरोना संक्रमितको मध्ये ३,०२,२०९ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या ४,००,५४० जना पुगेको छ । त्यहाँ १२,८५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा संक्रमितको संख्या १,४१,९४२ रहेका छन् । जसमध्ये १४,०४५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा १,३५,५८६ संक्रमित भइसकेका छन् । त्यहाँ १७,१२७ जनाले ज्यान गुमाइसकेका छन् ।

धेरै पढिएको

ताजा समाचार