नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको विवादित सडक (फोेटो फिचर )

sharethis sharing button

धनुषा, ०७७ बैशाख २७ गते ।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने सीमावर्ती नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय पक्षले पटक-पटक अतिक्रमण गर्दैआएको छ । केही समयअघि विवादित क्षेत्र समेटेर भारतले राजनैतिक नक्सासमेत जारी गरेको छ ।

सोही विवादित क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दै भारतले कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकसमेत निर्माण गरेको छ । सडकको शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाटै भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन् । त्यसलगत्तै नेपालमा चर्को विरोध सुरू भएको छ ।

पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी, लिपुलेक हुँदै मानसरोवर जोड्ने सो सडकको लम्बाइ ७८ किलोमिटर रहेको छ । भारतले एकलौटी ढंगले सडक निर्माण गरेको भन्दै नेपाल सरकार र विभिन्न राजनीतिक दल लगायतले विरोध गरिरहेका छन् ।

तस्बिरहरू: रासस।

धेरै पढिएको

ताजा समाचार