• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पर्यटकीयस्थल इलाम सुनसान

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख २८, २०७७, ७:५८ AM
0
पर्यटकीयस्थल इलाम सुनसान

इलाम, ०७७ बैशाख २८ गते ।

वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड ।

इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको सङ्ख्या शून्य छ । पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा सबै होमस्टे र होटल सुनसान छन् ।

पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार कुइभिर ढाप पोखरीजस्ता क्षेत्र सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटक शून्यजस्तै भएका छन् । वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ व्यवसाय गर्ने व्यवसायीलाई हातमुख जोर्न समस्या पर्न थालेको छ ।

कन्यामका होटल सञ्चालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक महिनाभन्दा बढी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् । फागुन सुरु भएपछि झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि आउनेको ताँती हुन्थ्यो । तर यसपालि सुनसान छ ।”

कन्याममा १०० व्यावसायिक ट्रली–ठेला सञ्चालनमा रहे पनि पर्यटकको चाप घटेपछि १५÷२० मात्र सञ्चालनमा रहेको स्थानीय व्यवसायी गोपाल गिरीले जानकारी दिनुभयो । पर्यटक आउन छाडेपछि ठेला व्यवसायीले नगरपालिकालाई बुझाउनुपर्ने कर तिर्नसमेत समस्या पर्न थालेको व्यवसायी बताउँछन् । झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजाराँै पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको स्थानीय घरवास व्यवसायी रुद्र घिमिरेले जानकारी दिनुभयो ।

कन्याम, अन्तु, फिक्कल बजार, इलाम बजार, सन्दकपुरजस्ता पर्यटकीय क्षेत्रका होटलसमेत धरासयी बन्ने अवस्थामा पुगेको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो । पर्यटक नआएका कारण धार्मिकस्थलसमेत यतिबेला सुनसान छन् । कोरोनाका कारण बन्दाबन्दी भएदेखि पर्यटक आउनै छाडेको इलामको प्रसिद्ध धार्मिकस्थल माइपोखरीका पुजारी तुलाराम पौडेलको भनाइ छ । गत वर्ष इलाममा झण्डै एक लाख पर्यटक इलाम घुम्न आएको भए पनि यस वर्ष भने सो सङ्ख्यामा ह्रास आउने अनुमान छ ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In