भारतीय सिमामा रहेका नेपालीलाई स्वदेश ल्याउन कार्यविधी बनाउन प्रदेश २ सरकारको निर्णय

धनुषा, ०७७ बैशाख ३१ गते ।
प्रदेश २ मा कोरोना सक्रमितको संख्या बढदै गएको वेलामा सिमापारी रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई दिन संघ सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैशाख ३१ गते आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेका हुन् ।

उनीहरुलाई स्वदेश ल्याउनुपर्ने अवस्थाका लागि प्रत्येक जिल्लामा थप तीन÷तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले बताउनुभयो ।


प्रदेश सरकारले क्वारेन्टाईनको क्षमता विस्तार गर्नुको साथै लकडाउनलाई कडाइका साथ प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमा नाकामा थप कडाई गर्ने, सिमापारिको आवात जावतलाई निरुत्साहित गर्न प्रचार प्रसार तिब्र बनाउने सहितको निर्णय गरिएको हो ।


बैठकबाट कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकार संग थप बजेट मांग गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार