अब शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने : स्वास्थ्य मन्त्रालय

काठमाण्डौं, ०७७ जेठ ६ गते ।

अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन्। विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने उनले बताए।

‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं,’ उनले भने।

यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने लक्ष्य लिएको देवकोटाको भनाइ छ। उनका अनुसार कोरोना परीक्षण गर्न चाहनेले न्यून शुल्कमा जाँच गर्न पाउने छन्।

यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।

धेरै पढिएको

ताजा समाचार