
धनुषा,०७७ जेठ ९ गते ।
शुक्रवार दिउंसोसम्म थप ४९ जना कोरोना संक्रमण पुष्टि भएको छ । बिहान २९ जना र दिउंसो २० जना कोरोना संक्रमणको पुष्टि भएको हो । हुनत स्वास्थ्य मन्त्रालयले बिहान ३० जना भनेको थियो तर वास्तवमा २९ जना मात्रै रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना मध्ये सर्लाहीका १५ जना भनिएकोमा १४ जना मात्रै रहेको थियो । नवलपरासीका ४, चितवनका २ र कपिलवस्तुका ९ गरी सर्लाही समेत २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले दिउंसो सार्वजनिक गरेको मिडिया ब्रिफिंग सूची अनुसार २० जनामा संक्रमित पुष्टि भएको हो । जसमध्ये बांकेका १४, कैलालीका ३ र डडेलधुरा, बैतडी, मोरंगमा १÷१ जना रहेका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५ सय ७ पुगेको छ ।
प्रादेशिक स्तरमा प्रदेश १ मा ८५, प्रदेश २ मा १५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २२७, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम प्रदेशमा १० जना संक्रमित रहेको छ ।