
धनुषा, ०७६ मंङसिर २४ गते ।
अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मंङसिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी पासवानलाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सम्मानपत्र प्रदान गरेका छन् ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील भई महिला अधिकार, सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन र समतामूलक समाज निर्माणमा उल्लेख योगदान पु¥याईरहेको भन्दै महिला अधिकार रक्षक संजाल धनुषाले अधिकारकर्मी पासवानलाई सम्मान गरेको हो ।
आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षण, सम्वद्र्धन र समतामूलक समाज निर्माणमा अनवरत क्रियाशिल रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको दिनमा यहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
दिपेन्द्रप्रसाद सिंह