• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बिमितले पाएनन् औषधि, स्वास्थ्य बिमा कार्यक्रमप्रति अविश्वास बढ्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २६, २०७६, १२:०८ PM
0
बिमितले पाएनन् औषधि, स्वास्थ्य बिमा कार्यक्रमप्रति अविश्वास बढ्दै

दीपेन्द्रप्रसाद सिंह

जनकपुरस्थित प्रादेशिक अस्पतालबाट स्वास्थ्य बिमाकर्ताहरुले समयमा औषधि नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले स्वास्थ्य बिमाकार्ड लागू गर्दै ५ जनाको सदस्य भएको परिवारले ३५ सय रुपैयाँ तिरेर वर्षमा एक लाखसम्मको निशुल्क औषधि र स्वास्थ्य चेकजाँच गराउन पाउने व्यवस्था गरेको छ ।

उपचार गराउन जाँदा समयमा सेवा नपाउनुको साथै औषधिसमेत नपाएको जनकपुरधाम उपमहानगरपालिका– १६, पुलचोकका ८० वर्षीय शंकर महतोले गुनासो गरे । स्वास्थ्य बिमा कार्डसहित सोमबार प्रादेशिक अस्पताल पुगेका महतोले स्वाथ्य जाँच गराए पनि औषधि भने नपाएको बताए । ‘जाँचे मात्रै । औषधि दिएनन् । बाहिरको क्लिनिकबाट किन्नु भनेको छ,’ उनले सुनाए ।

नियमतः स्वास्थ बिमा गराएकाहरुले एक लाख रुपैयाँसम्मको औषधि निशुल्क पाउनुपर्ने हो । तर साधारण औषधिसमेत अस्पतालबाट नपाउँदा स्वास्थ्य बिमा कार्यक्रमप्रति नै अविश्वास बढ्न थालेको छ ।

महोत्तरीको गौशाला नगरपालिका– १, रामनगरका ५० वर्षीय विनोद भारतीले पनि निजी क्लिनिकबाटै औषधि किन्नु परेको गुनासो सुनाए । ‘थोरै रकममै परिवारका ५ जनासम्मका लागि एक लाखसम्मको निशुल्क औषधि उपचार पाउने भनेर बिमा गरियो । तर कुरै मात्रै रहेछ । बढी खर्च हुने भनेकै औषधि हो, त्यही औषधि चाहिँ किन्नु परेपछि बिमा गरेको के फाइदा भो र !’ उनले भने ।

स्वास्थ्य बिमा बोर्डका पूर्वसंयोजकसमेत रहेका श्याम गिरीले परिवारको स्वास्थ्य बिमा गराए पनि प्रादेशिक अस्पतालबाट पाउनुपर्ने सेवा र निशुल्क औषधि पाउन नसकेको बताए । आफूले पनि छोरा बिरामी भएर प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँच गराउँदा आवश्यक औषधि बाहिरबाटै किन्नु परेको सुनाए ।

प्रादेशिक अस्पताल जनकपुरधामले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएयता कात्तिक २४ गतेसम्म २ हजार १ सय ७८ जनालाई सेवा दिएको स्वास्थ्य बिमा बोर्ड प्रदेश २ का संयोजक रमेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । अस्पतालमा दैनिक १० देखि १५ जनासम्म बीमित बिरामी आउने गरेको अस्पतालका बालरोग विशेषज्ञ डा. जामुन सिंहले बताए । उनका अनुसार बीमितहरुको उपचारका लागि अस्पतालले २ जनामात्र जनशक्ति खटाएकाले भ्याउन कठिन छ । तर पनि बीमितहरुको चेकजाँच भने हुँदै आएको उनले बताए ।

‘अस्पतालको फार्मेसीमै औषधि नभएकाले बीमितहरुलाई दिन सकिएको छैन । अस्पताल समितिले बाहिर क्लिनिकबाट औषधि खरिद गरेको बिलको रकम भुक्तानी नगर्न भनेकाले समस्या भएको हो,’ उनले भने ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In