जनकपुरधामको ३ मुख्यचौकमा सिद्धार्थ बैकको शाखा संचालन

०७६ मंसिर २७ गते ।
जनकपुरधामको ३ मुख्यचोकमा सिद्धार्थ बैंक लिमिटेडले आफनो शाखा स्थापना गरेको छ । जनकपुरधामको मिल्स एरिया र मुरली चोक हुदै शुक्रवार रामानन्दचोकमा आफनो शाखा विस्तार गर्दै वित्तिय कारोवारको सुरुवात गरेको रामानन्द चौक शाखाका प्रबन्धक अजय कुमार यादवले जानकारी दिएका छन् ।


रामानन्दचोकमा शुक्रवार विहान एक कार्यक्रमका विच सिद्धार्थ बैंक लिमिटेडको प्रदेश २ प्रमुख हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सिद्धार्थ बैंकको शाखा कार्यालयको उदघाटन गरेका हुन ।
तीन महिनादेखि रामानन्दचोकमा आफनो वित्तिय कारोवारको सुरुवात गरेका सिद्धार्थ बैकको शाखा देशको १ सय ७६ औं शाखाको रुपमा सञ्चालनमा आएको शाखा प्रबन्धक यादवले बताए ।

धेरै पढिएको

ताजा समाचार