बम पिडितको घरमा इन्सेकलगायतको मानवअधिकारको टोली

धनुषा, ०७६ मंसिर ३० गते ।
धनुषाको महेन्द्रनगरमा मङ्सिर २७ गते राति ३ जनाको मृत्यु हुने गरि भएको बम विस्फोट घटनाका पिडित परिवारलाई प्रदेश २ इन्सेकलगायत मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाले स्थलगत अनुगमन गर्दै पिडित परिवालाई भेटेका छन् । मंसिर २९ गते बेलुका पिडितको घर क्षिरेश्वरनाथ नपा ५ स्थित घटनास्थलमा पुगेका मानवअधिकारको टोलीमा इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह, द थर्ड एलाइन्सका प्रदेश २ संयोजक विनोद महरा,महिला अधिकारवादीहरुलगायतको टोलीले घटनाका प्रत्यक्षदर्शी र पिडित परिवारसंग घटनाबारे जानकारी लिएका छन् ।

प्रत्यक्षदर्शी र पिडित परिवारसंग घटनाबारे जानकारी लिदै प्रदेश २ इन्सेक टोली


बम विस्फोट घटनामा घाइते समेत हुुनुभएका घटनाका प्रत्यक्षदर्शी मो.अक्वर मंसुरी र उनकी श्रीमती सकिला खातुनले हल्ला सुनेर मृतक राजेश साहको घर आएर राजेश साहसंग किन हल्ला भएको भनि सोध्दा ढोकामा केही वस्तु झोलामा झुन्ड्याइएको भनेर भनेपछि त्यतिवेलै विस्फोट भएको टोलीलाई बताउनुभएको छ ।
टोलीलाई मृतक राजेश साहका काका जगदिश साह र छिमेकी मो.निजाम अन्सारीले घटना १२ः१० मा भएको बताए । विस्फोटपछि घटनास्थल आएका मो.निजाम अन्सारीले भने आफु आफनो घरमा सुति रहेको वेलामा ठुलो आवाज आयो, घटनास्थलभन्दा ५० मिटर पर मात्रै आफनो घर रहेको बताउनु हुँदै उहाँले आवाजसंगै आफु सुतेको खाँट समेत हल्लिएपछि आफुलाई भुकम्प आएको हो कि भन्ने डर लाग्यो । मौसम पनि खराम थियो, सिमसिम पानी परि रहेको थियो, विजुली कटेको बताउनुभयो ।


उहाँले भन्नुभयो हामी घटनास्थलमा आइ पुग्दा घटनास्थलमा इन्स्पेक्टर, राजेश साह, आनन्द साहलगायतका, प्रहरी जवानलगायतका व्यक्तिहरु भुइँमा रगतले लतपतिएर लडि रहेका हामी उद्धार गरेर अस्पताल पठाउने तयारीमा थियौ तर एम्बुलेन्स १ घण्टा ढिलो गरि आएको दुखेसो पोख्नुभएको छ ।
मो.निजाम अंसारीले घटनास्थलमा आउने वितिकै धनुषा एम्बुलेन्स चालक संघका अध्यक्षलाई फोन गर्दा उहाँले महेन्द्रनगर एरियाको लागि २ वटा एम्बुलेन्स सोही एरियामा रहने गरि भागबण्डा गरिएको जनाउँदै चालकलाइ फोन गर्दा जनकपुरमा विरामी लिन नआएको गुनासो गर्नुभएको छ ।
घटनास्थल पुग्नुभएका इन्सेक प्रदेश २ संयोजक राजु पासवानले घटना स्थलको अवस्था हेर्दा निकै कारुणिक अवस्था छ । शंकास्पद वस्तु राखेको भनेर घरवेटीले थाहा पाएर प्रहरीलाई खवर गरेर प्रहरी घटनास्थलमा आएर बम एकिन गर्न लाग्दा विस्फोट हुनुले घटना सुनियोजित देखिएकाले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरि पिडित परिवारको उपचार खर्चको साथै क्षतिपूर्ति दिन सरकारसंग माग गर्नुभएको छ ।
यसैविच, मङ्सिर २९ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महेन्द्रनगरका बम पिडित परिवारको घरमा पुगेर स्थलगत अनुगमन गर्दै पिडित परिवारलाई भेट गर्नुभएको छ । आइतवार विहान मुख्यमन्त्रि लालवावु राउत, प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालगायतको टोली घटनास्थल मृतक राजेश साहको घर पुगेर घटनास्थलको वस्तुस्थितीको अवलोकन गरेका हुन् ।
पिडित परिवारलाई भेटदै मुख्यमन्त्री राउतले बम विस्फोटमा परेर घाइते भएका सवैको उपचारका खर्च प्रदेश सरकारले व्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने आश्वासन दिएका छन् । मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने बताएका छन् । टोलिमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलबारलगायतको सहभागिता रहेको थियो ।

पिडित परिवारको घरमा प्रदेश २ सरकारका मुख्यमन्त्रि लालवावुलगायतको टोली घटनाबारे जानकारी लिनुहुदै


बम बिस्फोट को घटना मा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको छ । ३ जना गम्घिर घाइतेहरुको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ ।

फोटो ः दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार