• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

इन्सेकको प्रदेश २ मा कार्यशाला गोष्ठि सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २, २०७६, ७:३५ PM
0
इन्सेकको प्रदेश २ मा कार्यशाला गोष्ठि सम्पन्न

धनुषा । ०७६ पुष २ गते ।
नागरिक तथा राजनितिक र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला गोष्ठी जनकपुरधाममा पुष २ गते सम्पन्न भएको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षता तथा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यशाला गोष्ठि कार्यक्रममा नागरिक तथा राजनितिक र
आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी प्रदेश २ संयोजक राजु पासवानले प्रदेश २ को अवस्थामा बारेमा प्रस्तुतीरकण गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्नु हुदै नेकपाका सांसद रामचन्द्र मण्डल


इन्सेक एड्भोकेसी विभागका म्यानेजर सम्झा श्रेष्ठले नागरिक तथा राजनितिक अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा आफनो प्रस्तुतीकरण गर्नुहुदै इन्सकका एड्भोकेसी म्यानेजर सम्झा श्रेष्ठ

इन्सेकको प्रस्तुतीकरणपछि सहभागिहरुले प्रदेश २ मा पछिल्लो समय बम आंतकले जनजीवन क्रसित भएकाले मानवको स्वतन्त्रण वातावरणमा जीवन जिउन पाउनुपर्ने अधिकार हनन् भएको गुनासो गर्नुभएको थियो । प्रदेश २ मा दलित, अपाङता भएका व्यक्ति र यौनिक तथा लैङिक अल्पसंख्यकहरुको शिक्षा, स्वास्थ्य, राजनितिकमा पहुँचको लागि आरक्षणको व्यवस्था हुनुपर्ने माग तेस्रो लिङ्गी महिला जुनु चौधरीले माग गर्नुभएको थियो ।


कार्यशाला गोष्ठि कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि सरोज सिंह कुशवाहाले प्रदेश २ सरकार अभाव र दवावका विच जनताप्रति उत्तरदायी हुने खालको १८ वटा विद्येयक सदनबाट पास गराउँदै कानुन बनाएको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नु हुदै राजपाका सचेतक परमेश्वर साह

उहाँल तराइ मधेशका जनताहरु
सदियौदेखि उत्पीडनमा पर्दै आएको बताउँदै जनताहरुको वलिदानीबाट स्थापित संघियतालाई कमजोर गर्न प्रदेश सरकारमा महिनौसम्म मुख्यसचिव, मन्त्रालयमा सचिव र ६ हजार कर्मचारी आवश्यक भएकोेमा ४ सय कर्मचारीले कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । देशको ७ प्रदेशमध्ये प्रदेश २ पहिलो सरकार हो जो दलितको सवालमा सशक्त विद्येयक सदनबाट पास गराउँदै कानुन बनाएको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई प्रहरी, प्रशासन, कर्मचारी राख्न पाउने अधिकार नदिएकाले गर्दा निकै मन्त्रालयमा स्वकिय सचिवले टिप्पणी उठाउनुपर्ने बाध्यता समेत रहेको गुनासो गर्नुभएको छ ।


कार्यक्रममा प्राकृतिक श्रोत तथा वातावरण समितीका सभापति समेत रहनुभएका नेकपाका सांसद रामचन्द्र मण्डलले मानव जातिमा स्वार्थ रहञ्जेलसम्म मानवअधिकारको उल्लघंन भई रहने भएकाले गर्दा सवैले आफनो स्वार्थ त्याग गरि देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । हामी सांसद, मन्त्रि, मुख्यमन्त्रिलगायत प्रत्येक जनता उत्पीडनमा परेको बताउनु हुदै उहाँले हामी एकअर्कामा आरोप प्रत्यारोप गर्दै निराशावादी तरिकाले काम गरि रहेकाले यसले देश कहिले समृद्ध हुन सक्ने प्रश्न गर्नुभएको थियो । सरकार होस् वा जनता जसले जे संविधान तहत पाएको अधिकारलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा राजपा नेपालका संसदीय दलका सचेतक परमेश्वर साहले प्रदेश २ का जनता विभेदविरुद्ध लडेर अहिले प्रदेश सरकार स्थापित भएको हुँदा प्रदेश सरकारले जनताप्रति विभेद नहुने गरि १८ वटा कानुन बनाउन सफल भएको बताउनुभएको छ । प्रदेशमा पछिल्लो समय शान्ति सुरक्षाको सवालमा प्रश्न उठेको छ, तर प्रदेश सरकारसंग न त प्रहरी छ न त कर्मचारी अनि प्रदेशको शान्ति सुरक्षाको प्रत्याभूति गराउने जिम्मा कसले लिनुपर्ने प्रश्न गर्नुभएको थियो । उहाँले भन्नुभयो संविधानले अधिकार दिएको छ तर व्यवहारमा भने कार्यान्वयनको अवस्था फितलो भएकाले समस्या हुदै आएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ का निर्देशक विरबहादुर बुढा मगरले प्रदेश २ मा दहेज, बालविवाहलगायतका मानवअधिकारको उल्लघंनको घटना न्युनिकरण गर्न हामी सवै नागरिक सचेत हुन जरुरी रहेको बताउनुभएको छ । हामी सवै अधिकारको सवालमा सजग भएको खण्डमा आफनो हक र अधिकार सदुपयोग गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा आफनो प्रस्तुतीकरण गर्नुहुदै राष्ट्रिय मानवअधिकार आयोग जनकपुरका निर्देशक विरबहादुर बुढा मगर


कार्यक्रममा यु एन डि पी का प्रादेशिक संयोजक अर्जुन कुशवाहाले देशमा अहिले निति, निमार्ण र कार्यान्वयनको अवस्थाले नागरिक सुनिश्चितताको अवस्थाबारे केलाउन जरुरी रहेको बताउनुभएको छ ।

कार्यक्रममा आफनो प्रस्तुतीकरण गर्नुहुदै यु एन डि पीका प्रादेशिक संयोजक अर्जुन कुशवाहा


नेपाल वार एशोसिएशन धनुषाका अध्यक्ष रामनेक साहले कानुनले हामी सवै जनतालाई समान अधिकार दिएको छ । पुरुषभन्दा पनि महिलालाई बढी अधिकार दिएको भन्दै हामी सवै जना मिलेर कानुनको सम्मान गर्दै स्थापित गराउँदै अगाडी बढनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा सहभागिहरुको फोटो


कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले प्रदेश २ मा मानवअधिकारको अवस्थालाई सुढृढिकरण गर्न सामाजिक संघसंस्थालगायत मानवअधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरु प्रतिवद्र्ध रहेको बताउनुभएको छ । इन्सेकले मानवअधिकारको अवस्थाबारे वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In