
धनुषा । ०७६ पुस २ गते ।
बलात्कारको घटनामा गलत रिर्पोट बनाउने जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाइ विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै गर्दै ६ महिना जेल र २५ हजार रुपैया जरिवाना गराउने फैसला गरेकाो छ । बलात्कारको घटनालाइई गलत प्रतिवेदन दिने डा.विजयकुमार सिंह र डा. रम्भा गोइतलाई विशेष अदालत काठमाण्डौले बुधवार दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले दोषी ठहर गर्नुभएको हो ।
२०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि १२ वर्षीय बलात्कृत हुनु भएकी बालिकाको इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पतालमा गराइको नमुना परीक्षणको रिर्पोटमा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । तर २०७५ भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गर्दा नमुना परिक्षणमा बलात्कार भएको रिर्पोट आएको थियो ।
फरक फरक रिर्पोट आएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन समिति गठन गर्दै जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा. विजय सिंह र डा. रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र निलम्बन गरि सकेको छ ।
बालिका बलात्कार गर्ने जनकनन्दिनी गाउँपालिका २ का २३ वर्षीय किरण खत्वेलाई धनुषा प्रहरीले भदौ ९ गते पक्राउ गरेको थियो । खत्वेलाई अहिले पुर्पक्षका लागि जेल चलान गरिएको छ । मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
दिपेन्द्रप्रसाद सिंह