निजगढ द्रुतमार्ग निर्माणको क्रममा साढे २७ हजार रुख काटिए

निजगढ, पुस ३ गते ।
निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिए सकिएको द्रुतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताएका छन् ।

उनले भने काटने जति रुख काटि सकिएको छ बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा पनि हुन्छ । बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिनेछ । सडक निर्माणको सिद्धान्त अनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयले अनुमति दिएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताए ।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ । वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको छ ।

वातावरणीय मापदण्ड अनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा रोप्नेछ काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु भइसकेको जनाइएको छ ।

धेरै पढिएको

ताजा समाचार