
जनकपुरधाम, पुस ३ गते ।
जनकपुर उच्च अदालतमा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरिएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ परेका प्रेमी यादवलाई चाइनिज पेस्तोल, ७ राउन्ड गोलीसहित पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरबाट यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको वयानको आधारमा जनउपा वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठमा झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । । जनकपुर उच्च अदालतका न्यायाधिसको सुरक्षागार्डको ७ राउण्ड गोली लोड भएको पेस्तोल लिएर प्रेमी फरार भएपछि केवटलाइ जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको छ ।