• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

भरतपुरको मुहार फेर्ने रेणु दाहालका १० काम

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ४, २०७६, १२:१३ PM
0
भरतपुरको मुहार फेर्ने रेणु दाहालका १० काम

भरतपुर महानगरपालिकाको निरन्तर विकास र उन्नतिले मेयर रेणु दाहालको चर्चा अहिले चुलिँदै गएको छ । उहाँको दिनरातको कार्यव्यस्तता र विकासप्रतिको लगनशीलताले उहाँलाई यो उचाइमा पु¥याएको हो । दाहाल कृषि, शिक्षा, खेलकुद, सञ्चार, विद्युत, स्वास्थ्य, सडक, खानेपानी, महिला, बालबालिका, वृद्धवृद्धा तथा युवाहरुका जल्दाबल्दा समस्या समाधानमा दत्तचित्त हुुनुहुन्छ । यसका अतिरिक्त उहाँले पर्यटन र सामाजिक कार्यमा समेत अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँ साहित्य र गीत संगीतमा पनि त्यत्तिकै रुचि राख्नुहुन्छ ।

विकास निर्माणका योजना बनाउन निरन्तर प्रयासरत मेयर दाहाल पछिल्लो समय महानगरपालिकाको विकास र निर्माणमा निकै सक्रिय रुपमा देखा पर्नुभएको छ । दाहालले आवश्यकताअनुसार रातको जुनसुकै बेला पनि काममा सरिक हुनुहुन्छ । बाबु पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक परिचयबाट परिचित उहाँ आफ्नै कामले राजनीतिक उचाई हासिल गर्ने मनोकांक्षासहित रातीको समयमा पनि कामको लागि सडकमा देखिन थाल्नुभएको हो । भरतपुर महानगरपालिकालाई नमुना शहर बनाउन लागिपर्नुभएको उहाँ यो वर्षको बजेटको सदुपयोग गरेर महानगरको मुहार फेर्नतर्फ खटिरहनुभएको छ । भरतपुर महानगरबाट राजनीतिक उचाई हासिल गर्ने आधार बनाएर आफ्नो सपना साकार पार्न उहाँ तल्लीन हुनुहुन्छ ।

उहाँले भरतपुर महानगरपालिकाको प्रमुखमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय भरतपुर अस्पतालका महिला बिरामीहरुलाई ओ.पि.डि. टिकट निशुल्क प्रदान गर्नुभएको थियो । 
उहाँले उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट लाईट जडानको काम सुरुवात गर्नुका साथै महानगरीय रिङ्गरोड र १३ वटा लिङ्करोडको काम यसै आ.व. मा शिलन्यास भई तीब्र गतिमा निर्माण भइरहेका छन् ।

मेयर दाहालले भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘अब भरतपुर महानगरपालिका क्षेत्रमा कोही असहाय मानिस भोको र बेवारिसे बन्ने छैनन् ।’ सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न महानगरले लिएको पहलकदमी मुलुककै लागि प्रेरणा भएको महानगरवासीले बताएका छन् । महानगर प्रमुख दाहालले ‘मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलंकको विषय हो’ भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौंतारिने अवस्थाको सदा अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मानवसेवा आश्रमले देशव्यापी रुपमा उक्त अभियान सञ्चालन गरिरहेको छ । २०६९ सालदेखि सुरु भएको अभियान अहिलेसम्म दुई हजारको उद्धार गरिएको छ भने झन्डै ८ सय जनालाई परिवारमा पुनःमिलन गराइसकिएको छ । हाल १४ जिल्लाका १६ शाखा स्थापना गरेर आश्रमले सडकमा रहेका बेवारिसेको उद्धार संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ ।

दाहालले अपाङ्ग समुदायको क्षेत्रमा सीप विकास, क्षमता विकास र सहज जीवनयापनमा सहयोग गर्न आवश्यक नीति निर्माण गरिसक्नुभएको छ । भरतपुर महानगरपालिका प्राप्त अधिकार र अधिकतम स्रोतको भरपुर परिचालन गरी यस समुदायलाई सहयोग गर्न कुनै कसर नराख्ने उहाँको भनाइ छ । भरतपुर महानगरपालिका सामाजिक विकासको क्षेत्रमा अब्बल बन्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँ लाग्नुभएको छ ।

पर्यटन प्रबद्र्धनमा पनि मेयर दाहाल अग्रसर हुनुहुन्छ । उहाँले पर्यटकीय एवं वन्यजन्तु आरक्षणको महत्वपूर्ण स्थल भरतपुर महानगरपालिका र प्राकृतिक सुन्दरताले भरिपूर्ण अर्को पर्यटकीय स्थल पोखरा महानगरपालिकाबीच पर्यटन विकास, प्रवद्र्धन तथा अन्य आर्थिक तथा सामाजिक विषयहरु, प्राकृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने विषयहरुमा सहमति भई संघीय संरचनामा अन्तरनगर सहकार्यको शुरुवात गर्नुभएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको ऐकेडेमी सहितको क्रिकेट रंगशाला निर्माणको आईईईको काम सम्पन्न गरी निर्माण कार्य अगाडि बढेको छ । सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको महानगरीय सिटी हल निर्माणको डिजाइनको काम सम्पन्न गरी निर्माणको प्रकृयामा रहेको छ ।

नारायणगढको पुरानो सब्जीमण्डीमा निर्माण हुन लागेको बहुतले सपिङ्ग कम्प्लेक्सको डिजाइन एवं स्ट्रक्चरल प्लान तयार भई निर्माणको चरणमा रहेको छ । कटान नियन्त्रण गरी नदी कटानको जग्गा उपयोगसहित नारायणी र राप्तीमा १०५ किलोमिटरको तटबन्ध सहितको आउटर रिङ्गरोडको संभाव्यता अध्ययन प्रकृया प्रारम्भ भएको छ ।

दाहालले अपाङ्ग समुदायको क्षेत्रमा सीप विकास, क्षमता विकास र सहज जीवनयापनमा सहयोग गर्न आवश्यक नीति निर्माण गरिसक्नुभएको छ । भरतपुर महानगरपालिका प्राप्त अधिकार र अधिकतम स्रोतको भरपुर परिचालन गरी यस समुदायलाई सहयोग गर्न कुनै कसर नराख्ने उहाँको भनाइ छ । भरतपुर महानगरपालिका सामाजिक विकासको क्षेत्रमा अब्बल बन्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँ लाग्नुभएको छ ।

हाल सम्म २ सय ५० कि.मी. सडक कालो पत्रे गर्ने उद्देश्यका साथ काम भएको र यस आ.व. मा १५० कि.मी. सडक कालोपत्रे गर्न योजनाका साथ काम अगाडि बढाइएको छ । चालु आ.व.०७५/७६ को आवधिक योजनाहरुको करिब ८५ प्रतिशत काम सम्पन्न गरिएको छ ।
कृषि क्षेत्रको विकासका लागि मल, बीउ, दूध र सिंचाईमा अनुदान, थोक तथा खुद्रा बजारको विकास र विस्तार गरिएको छ । लक्ष्यअनुसार राजस्व असुलीका लागि १२ वडाहरुमा कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली परिचालन गरिएको र चालु आ. व. मा ६५ करोड २५ लाखको आन्तरिक राजश्वको लक्ष्य लिइएको छ ।

नगरबासीहरुलाई प्रभावकारी र सहजै सेवा पु्र्याउन २ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भई संचालनमा आएका छन् भने ४ वटा वडा कार्यालय भवनहरुको निर्माणको काम भैरहेको र अन्य २ वटा वडा कार्यालयहरु छिट्टै निर्माण हुने चरणमा रहेका छन् । अन्य वडा कार्यालयहरुमा मर्मत सुधारको काम भइरहेको छ । १८ वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न गरी छिटो छरितो सेवा प्रदान गरिएको छ ।

भरतपुर महानगरपालिकाले सेवामा सरलता र अनियमितता तथा भ्रष्टाचार जस्ता विषयहरुको अन्त्य गर्न जनप्रतिनिधिहरुका लागि आचारसंहिता, २०७५, विपद् व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लगायत आवश्यक १० भन्दा बढी ऐन तथा विद्येयकहरु निर्माण गरी सेवा प्रवाह एवं संशासन स्थापित गर्ने कामहरु भइरहेका छन् ।

स्मार्ट सिटी निर्माणको गरु योजनाको लागि तथ्याङ्क तयारी गर्ने उद्देश्यका साथ तथ्याङ्क संकलनको काम अन्तिम चरणमा रहेको बताइएको छ । सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्यान्ड राखिएका छन् ।

भरतपुर अस्पताल विषेशज्ञ सेवासहितको केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति भैसकेको र आवश्यक पूर्वाधार विकासमा केन्द्रित हुने क्रममा रहेको छ । देवघाटमा विद्युतीय शबदाह गृह, भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, वडा नं. १९ मा पहुँच मार्गसहितको रमणीय रानी पोखरी निर्माण, भरतपुर बसपार्क लगायतका ठूला परियोजनाहरु निर्माणको काम तीब्र गतिमा अगाडि बढिरहेका छन् ।

महानगरपालिकाको सक्रियतामा रामपुर–चनौली सडक निर्माण, हुलाकी मार्गका अलावा सामाजिक विकास, संशासन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण कामहरु भइरहेका छन् । सहरलाई व्यवस्थित र सुरक्षित बनाउन सडक पेटीमा ब्यवसाय गर्ने परिपाटीलाई बन्द गरी बजार क्षेत्रलाई व्यवस्थित गरिएको छ । फुटपाथ ब्यवसायीहरुलाई छुट्टै स्थानको व्यवस्था गरिएको छ भने सहरक्षेत्रमा अस्तब्यस्त रहेको पार्किङ्गलाई व्यवस्थित बनाइएको छ ।

भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनौट भएको छ । नगर विकास कोषले गरेको मुल्याङ्नका आधारमा भरतपुर उत्कृष्ट महानगरपालिकाको रूपमा छनौट भएको हो । मेयर दाहालको नेतृत्वमा छोटो समयमै धेरै काम भएपछि भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घोषित भएको हो ।

यसरी उपर्युक्त कार्यहरु सम्पन्न गर्न र भइरहेका कार्यहरुलाई निरन्तरता दिन मेयर रेणु दाहालले पुर्याएको योगदानको महानगरबासीले मुग्ध कण्ठले प्रशंसा गरेका छन् । मेयर रेणु दहाल सबै महानगर, उपमहानगर र नगरपालिकाहरुमा विकास निर्माणका कार्यमा अग्रणी देखिनुभएको छ । महिला सशक्तीकरणको उहाँ एउटा नमुना नै बन्नुभएको छ । यसरी नै सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा विकासका गति तीव्र भए देशले चाँडै काँचुली नफेर्ला भन्न सकिन्न ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

24 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In