महिला तथा बालबालिकाको पहलमा ५३ औ हप्ता सरसफाई

धनुषा । ०७६ पुस ५ गते ।
जनकपुरधाममा महिला तथा बालबालिकाहरुको पहलमा ५३ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाईअन्तर्गत शनिवार जनकपुरको पिडारीचोक एरियामा सरसफाई गरिएको छ ।


रेलवे ट्रैक सरसफाई अभियानको ५३ हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेल, धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, अनुसन्धान उपरीक्षक बिमल डंगोल, कामाख्या परिवार नेपालका अध्यक्ष बिभास लाभ, नेपाली कांग्रेसका युवा नेता सुरेश कोइराला, समाजसेवि प्रभु दयाल जालान, कामाख्या परिवारको सचिब तथा लालगढ़ अस्पतालको सामाजिक शाखा प्रमुख ललिता लाभ, वड़ा नंबर ९ का अध्यक्ष परमेश्वर साहलगायत सरसफाई अभियानीहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार