समाजवादीले सरकार छाड्दै, आजै पत्रकार सम्मेलन गरि निर्णय सार्वजानिक गर्दै

धनुषा । ०७६ पुस ८ गते ।
समाजवादी पार्टीले सरकारलाई दिदै आएको समर्थन सहित सरकारको सहभागिताबाट बाहिरिने भएका छन् । हाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहितका मन्त्रि पद लिदै नेकपाका अध्यक्ष केपी ओली नेतृत्व प्रधानमन्त्रि रहेको मन्त्रिमण्डलमा सहभागि छन् ।
समाजवादीको मंगलवार बिहान बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको एक नेताले जनाएका छन । समाजवादीको निर्णयबारे आजै पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक गर्न लागिएको समाजवादी पार्टी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमवार बसेको मन्त्रीपरिषदको बैठकमा पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेकाले गर्दा सरकार छाड्ने निर्णय गरेको बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार